काठमाडौं। निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा आजै टुंगो लगाउने तयारी गरेको छ।

राजनीतिक रुपले विभाजित नेकपा कानुनी रुपमा विभाजन नभएको निष्कर्षसहित आयोगले टुंगो लगाउने तयारी गरिरहेको स्रोतले देखापढीलाई बतायो।

पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गरेपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फरक खेमामा नेकपा राजनीतिक रुपले विभाजित भएको छ। सरकारले वैशाख १७ र २७ गते गरी दुई चरणमा मध्यावधि निर्वाचन गर्ने तयारी थालिसकेको छ।

प्रचण्डको नेतृत्वमा माधवकुमार नेपाल र झलनाथ खनालसमेतका वरिष्ठ नेताहरुको समूह प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने मागका साथ सडक आन्दोलनमा छ। आन्दोलनरत प्रचण्ड समूहले पार्टीको आधिकारिक पक्ष आफूहरु भएको भन्दै प्रथम अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीस्वरुप अध्यक्षबाट हटाएको घोषणा गरेका छन्। प्रचण्ड समूहले ओलीको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्को अध्यक्षमा चयन गरेको भन्दै आयोगमा पत्राचार गरेको छ।

“मिडियामा आएका कुरा हामीलाई थाहा छैन। कानु्नी रुपमा हामी नेकपा छुट्टिएको देख्दैनौं। एक चरणको काम सकिएको छ। आज राति १२ बजे भए पनि हामी यो विवादमा निर्णय दिएर जाने तयारीमा छौं।”

प्रचण्ड समूहले आफूहरुको समूहसँग बहुमत केन्द्रीय सदस्य भएकाले आधिकारिक पार्टी पनि आफूहरु नै भएको दाबी गर्दै पार्टीको नाम, झण्डा र निर्वाचन चिन्ह 'सूर्य' आफूहरुलाई दिन आयोगमा निवेदन हालेकाे छ।

राजनीतिक रुपमा पार्टी फुटेपछि प्रथम अध्यक्ष ओलीले पनि केन्द्रीय समितिमा पाँच सय ५६ सदस्य थप्दै एक हजार एक सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएका छन्। तर आयोगले दुवै समूहका यस्ता निर्णयलाई आधिकारिकता नदिने भएको बुझिएको छ।

स्रोतका अनुसार आयोगले पाँच आधारमा टेकेर निर्णय लिने तयारी गरिरहेको बुझिएको छ।

“पहिलो नम्बर पार्टीको कुनै पनि कागजातको आधिकारिकताका लागि दुवै अध्यक्षको हस्ताक्षर चाहिन्छ। दोस्रो अनुशासनको कारबाहीका लागि पनि प्रक्रिया छ,” स्रोतले आयोगले तयार गरेका आधारबारे भन्यो, “तेस्रो आधार भनेको अध्यक्ष थप्‍ने व्यवस्था छैन। केन्द्रीय सदस्य थप्‍नका लागि पनि निश्‍चित प्रक्रिया छन्। यसैगरी विधान संशाेधनका लागि पनि पार्टीको निश्‍चित प्रक्रिया छ।”

नेकपाकै विधान र दल दर्तासम्बन्धी ऐनमा आधारित भएर आयोगले संकटग्रस्त नेकपा विवादमा निर्णय गर्ने तयारी गरेको स्रोतको भनाइ छ।

“मिडियामा आएका कुरा हामीलाई थाहा छैन। कानु्नी रुपमा हामी नेकपा छुट्टिएको देख्दैनौं,” स्रोतले भन्यो, “एक चरणको काम सकिएको छ। आज राति १२ बजे भए पनि हामी यो विवादमा निर्णय दिएर जाने तयारीमा छौं।”

" /> काठमाडौं। निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा आजै टुंगो लगाउने तयारी गरेको छ।

"> नेकपा विवादमा आयोगले आजै निर्णय गर्ने!: Dekhapadhi
नेकपा विवादमा आयोगले आजै निर्णय गर्ने!

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्