नेकपा प्रचण्ड समूहद्वारा प्रधानमन्त्री ओलीलाई निष्कासन
<p style="text-align: justify;">काठमाडौं । नेकपा प्रचण्ड समूहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गरेको छ।</p>
<p style="text-align: justify;">पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा भएको बैठकले कार्वाही गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए।</p>
<p style="text-align: justify;">माघ ५ गते तीनको म्याद राखेर प्रधानमन्त्री ओलीलाई सोधिएको स्पष्टीकरण पत्रको जवाफ अहिलेसम्म नआएपछि साधरण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको उनले बताए।</p>