काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिब जनताको उत्थानको लागि थुप्रै प्रयास गरिरहेको बताएका छन्। सरकाले आफ्नो ल्याकतले भ्याएजति प्रयास गरिरहेको दाबी उनले गरे।
“हाम्रो देश गरिव देश हो। तर गरिव देश भए पनि यस देशले आफ्ना नागरिकहरूलाई हेरविचार गर्ने सम्बन्धमा कमी राख्दैन,” प्रधानमन्त्री ओलीले आज राजधानीमा आयोजित एक कार्यक्रमा बोल्दै भने।
प्रधानमन्त्री ओलीले कार्यक्रममा सरकारको प्रयास सरल रुपमा बुझाएन ‘धनी र गरिव परिवार’को एउटा कथा पनि सुनाए। कथा प्रधानमन्त्री ओलीकै शब्दमाः "मैले हिजो केही साथीहरूसँग बोल्दा एउटा कथा सुनाएको थिएँ। दुईटा परिवार छन्– एउटा धेरै धनी र अर्को सारै गरिब परिवार।"
"धेरै धनी परिवारको एउटा पुरुषले विवाह गरेछ । श्रीमती विहे गरेर ल्यायो। अर्को गरिब परिवारको मानिसले पनि श्रीमती विहे गरेर ल्यायो। अलिपछि दुवैका श्रीमती विरामी परेछन्। धनी परिवारकोले श्रीमती विमारी पर्दा हेर्दा पनि हेरेन। जबकी उसँग गाडी, पैसा सबथोक थियो। अस्पताल लान सक्थ्यो। उपचार गराउन सक्थ्यो। तर वास्तै गरेन।"
"गरिब परिवारको गरिब श्रीमानले गर्नसम्म सहयोग गर्यो। दूर्गम ठाउँको थियो। गरिब थियो। पैसा थिएन। अस्पताल लगेर उपचार गर्न सक्दैनथ्यो। तर पनि जो सक्थ्यो गर्यो। नजिकको स्वास्थ्य क्लिनिकमा लग्यो। त्यहाँ दिएको औषधि किनेर खुवायो। किनेर खुवाउ भनेको पनि पुग्नेसम्म खुवायो। धामी पनि बोलायो। ढ्यांग्रो पनि ठोकायो। धामीले कालो भाले काट्नु पर्छ भने, त्यो पनि काट्यो। तैपनि श्रीमति निको भइन। अण्डा मन्छाउनु पर्छ भने, त्यो पनि मन्छायो। तर पनि श्रीमती निको भइन।"
"अर्को धनी मानिसकी श्रीमती थला परेकी छ । उसले वास्तै गर्दैन। दुवैले दुःख पाएका छन्। तर गरिब श्रीमतीको श्रीमान छेउमा बसेर भन्छ-"के गर्नु तेरो धेरै माया लाग्छ, तलाई बचाउन मन लाग्छ। तलाई बचाउन कोसिस गरिरहेको छु। अण्डा पनि मन्छाएँ। कालो भाले पनि काँटे। धामी पनि लगाए । झाँक्री पनि लगाए। तैपनि तलाई निको भइराख्या छैन। गरिब श्रीमान आँशु खसाउँछ। सुम्सुम्याउँछ, माया गर्छ। निको पार्न नसकेकोमा अत्यन्त दुखी छ। तर अर्को धनी श्रीमान छेउमा पनि आउदैन, सोध्दा पनि सोध्दैन। दुई जानै सिकिस्त विरामी छन्। दुइटै निको भएका छैनन्। दुइटैलाई पीडा भएको छ। तर पीडाको स्थिति फरक छ। सक्दो गरेर छेउमा बसेर माया गर्दै सुम्सुम्याएर आँशु खसाउने श्रीमान निको पार्न नसके पनि त्यो साच्चैको श्रीमान हो। वास्तै नगर्ने श्रीमान त्यो साच्चैको श्रीमान नै होइन। त्यो एउटा निर्दयी मान्छे हो।"
“यो दुईवटा श्रीमानबीचमा फरक छ। अहिलेको सरकारले कति गर्न सक्छ। त्यो गर्छ। कालो भाले पनि काट्छ। अण्डा मन्छाउने काम पनि गर्छ। सिटामोल ख्वाउने पनि गर्छ। धेरै ठूलो यसको ल्याकतले नभ्याउला। तर छेउमा बसेर सुम्सुम्याएर भन्छ- म तपाईहरुलाई बचाउन चाहन्छु। म तपाईहरुलाई सहयोग गर्न चाहन्छु। तपाईहरुको उन्नति चाहन्छु। तपाईहरूका बालबालिका पढाउन चाहन्छु र गच्छअनुसार गर्छ,” प्रधानमन्त्री ओलीले सरकारको अवस्था र प्रयास बताए।
सरकारको क्षमताको सीमा बुझिदिन उनले आग्रह सेमत गरे। "सरकारले धेरै गर्नसक्ने अवस्था छैन। साथीहरुले बुझिदिनुपर्छ। सरकारको क्षमताको सीमा छ। धेरै कुरा गर्न सक्ने अवस्थामा सरकार छैन। सरकारले सकेको गर्छ,” उनले भने।