काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा अझै ठूलो प्रदर्शन गर्ने जनाएका छन् ।
प्रदेश २ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माघ ९ गतेको भन्दा ठूलो प्रर्दशन गर्ने जनाएका हुन् ।
‘हिजो प्रदेश २ लाई १० हजार ल्याउने जिम्मा दिएका थियौं, तपाईहरुले १३ हजार ल्याउनु भयो, फेरि माघ २३ गते जनकपुरमा प्रदर्शन गर्ने भनेका थियौं, अहिले त्यसलाई बदलेर काठमाडौंमा अस्तिको भन्दा ठूलो प्रदर्शन गर्ने निर्णयमा पुगेको छौं’ प्रचण्डले भने, ‘जनकपुरमा गर्ने भन्दा काठमाडौंमा अझै ठूलो प्रदर्शन गर्न सकिए, टाउकैमा नै हान्न सकिने रहेछ ।’
उनका अनुसार काठमाडौंमा टाउकोमा नै हानेर अझ बढी शक्तिशाली देखाउने योजना संघर्ष समितिले बनाएको छ । प्रचण्डले प्रदेश २ वाट २५ हजार प्रदर्शनकारी काठमाडौंमा उर्तान निर्देशन पनि दिएका छन् ।
" /> काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा अझै ठूलो प्रदर्शन गर्ने जनाएका छन् ।प्रदेश २ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माघ ९ गतेको भन्दा ठूलो प्रर्दशन गर्ने जनाएका हुन् ।

">