काठमाडाैं। सर्वाेच्च अदालतमा 'हेर्दाहेर्दै'मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दै छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा लगातार सुनुवाइ भइरहेको छ।
हिजो (आइतबार)सम्म ४२ जना कानुन व्यवसायीले बहस गरिसकेका छन्। पाँचजना रिट निवेदकको तर्फबाट बहस सकिएको छ।
हिजोदेखि नै नेकपाका प्रमुख सचेतक देव गुरूङको रिट निवेदनमाथि बहस सुरू भएको छ।
आज गुरूङको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस सुरू गर्दै छन्। हिजो नै बहस थालेका उनले दुई घण्टा समय मागेका थिए। समय अभावका कारण हिजो पोखरेलको बहस सकिएको थिएन।
एउटै विषयमा १३ वटा निवेदन सर्वाेच्चमा परेका छन्। ती रिट निवेदनको तर्फबाट आज पनि कानुन व्यवसायीले बहस गर्नेछन्। हिजोसम्म चारजना रिट निवेदकको तर्फबाट बहस गरेका छन्।
प्रतिनिधिसभा पुनर्स्थापना हुने वा विघटन सदर हुने सर्वाेच्च अदालतबाट निर्णय हुने भएकाले निकै चासोको विषय बन्दै गएको छ।
" /> काठमाडाैं। सर्वाेच्च अदालतमा 'हेर्दाहेर्दै'मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दै छन्।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा लगातार सुनुवाइ भइरहेको छ।

">