काठमाडौं। संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
“फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु जो कोहिको नैसर्गिक अधिकार हो। प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक र उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ,” कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
“सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न हो,” कांग्रेसले भनेको छ- “सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो।”
आलोचक पत्रकारलाई ‘नर्क जान्छन्’ भन्नु प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति भएको जनाउँदै कांग्रेसले पूर्वप्रधानन्यायाधीशहरूलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट भएको ठहर गरेको छ।
“प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउंदै लगेको छ,” विज्ञप्तिमा भनिएको छ।
संसद विघटनविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरूलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई कांग्रेस चेतावनी दिएको छ।
" /> काठमाडौं। संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।“फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु जो कोहिको नैसर्गिक अधिकार हो। प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक र उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ,” कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

">