काठमाडौं। बलिउड अभिनेत्री करीना कपूर यतिबेला गर्भवती छिन्। उनी चाडै नै दोस्रो सन्तानकी आमा बन्दैछिन्। गर्भावस्थाको अन्तिम समयमा उनी आफ्नो स्वास्थ्य निकै ख्याल गरिरहेकी छिन्। डाइटदेखि व्यायामसम्मलाई उनले ध्यानमा राखेकी छिन्। सन्तुलित खाना खानुका साथै उनी नियमित योगा गर्दै आएकी छिन्।
उनले योगा गरिरहेको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट समेत गरेकी छिन्। उनले एक प्रमोसनल फोटोसुटका लागि योगा पोज गरेकी थिइन्। उनी अलग-अलग योगासनमा देखिएकी छिन्।
उनले योगा गर्नुका साथै बेबी बम्प पनि देखाएकी छिन्। यसअघि पनि उनी योगा गरिरहेको तस्बिरका कारण चर्चामा आएकी थिइन्। करीना र अभिनेता सेफ अली खानले गत अगष्टमा मात्रै दोस्रो सन्तानबारे जानकारी दिएका थिए।
गर्भवती अवस्थामा पनि उनले चलचित्रको छायांकन गरेकी थिइन्। त्यस्तै एक रेडियो कार्यक्रम पनि चलाउँदै आएकी छिन्। रेडियो कार्यक्रममा उनले स्रोतासँग टेलिफोन कुराकानी गर्छिन्।
" /> काठमाडौं। बलिउड अभिनेत्री करीना कपूर यतिबेला गर्भवती छिन्। उनी चाडै नै दोस्रो सन्तानकी आमा बन्दैछिन्। गर्भावस्थाको अन्तिम समयमा उनी आफ्नो स्वास्थ्य निकै ख्याल गरिरहेकी छिन्। डाइटदेखि व्यायामसम्मलाई उनले ध्यानमा राखेकी छिन्। सन्तुलित खाना खानुका साथै उनी नियमित योगा गर्दै आएकी छिन्।उनले योगा गरिरहेको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट समेत गरेकी छिन्। उनले एक प्रमोसनल फोटोसुटका लागि योगा पोज गरेकी थिइन्। उनी अलग-अलग योगासनमा देखिएकी छिन्।

">