काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी नेकपा राजनीतिक रुपमा विभाजन भएसँगै नेपाली कांग्रेस फेरि राजनीतिको केन्द्रबिन्दुमा उभिएको छ ।
तीनवर्ष यता नेकपा नेतृत्वको सरकारमा कांग्रेसले कमजोर प्रतिपक्षको भूमिका खेलेको आरोप लाग्दै आएको थियो । तर, नेकपा विभाजनले कांग्रेसको भविष्य सुरक्षित मात्र बनेको छैन, निर्वाचनमा गए बहुमत आउनसक्ने र सरकारमा गए नेतृत्व पाउनसक्ने स्थितिमा पुगेको छ ।
यद्यपि कांग्रेसले भने संसद पुनर्स्थापनाको बाटो रोज्ने कि निर्वाचनमा जाने भन्ने स्पष्ट निर्णय गरिसकेको छैन । त्यसो त, पार्टीको केन्द्रीय समितिको बैठकले संसद पुनस्र्थापना गर्नुपर्ने निर्णय गर्दै टोलटोलमा विरोध प्रदर्शन गरिरहेको छ ।
पार्टी भित्र शीर्ष नेताहरूको मत बाझिए पनि सभापति शेरबहादुर देउवा भने निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।देउवासँगै कतिपय नेताहरूले निर्वाचनको तयारीमा कांग्रेस गइसकेको अभिव्यक्ति समेत दिने गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले देखापढी विशेषसँगको कुराकानीमा भनेका छन्, ‘सर्वोच्च फैसलाले थप बाटो तय हुन्छ, तर, निर्वाचनको विकल्प छैन ।’
त्यसैले पनि होला, निर्वाचनलाई झझल्को दिने गरि दिनहुँजसो कांग्रेसले सभा समारोह गर्दै आएको छ । तर, संसद पुनस्र्थापना विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले कांग्रेसले पर्ख र हेरको नीति अंगाल्नुपर्ने कतिपयको सुझाव छ ।
यति मात्र होइन, कतिपयले त तत्कालै निर्वाचनमा गए देशलाई ठूलो मार पर्ने बताएका छन् । हुनत कांग्रेसको दुबै हातमा अहिले लड्डु छ भन्दा फरक नपर्ला । जता गए पनि फाइदै फाइदा । पुष्पकमल दाहाल प्रचण्डसँग मिल्ने कि केपी ओलीसँग । आफ्नो चाहनाअनुसार अघि बढ्न सक्ने अवस्थामा पुगेको छ, कांग्रेस । तर, अध्येताहरूले भने कांग्रेसलाई अर्कै रुपमा व्याख्या गर्ने गर्छन् ।
मुलुकको राजनीतिलाई नजिकबाट नियालिरहेका अध्येता डा.राजेश अहिराजले देखापढीलाई भने, “देउवाको गोजीमा अहिले पनि नेकपाको सदस्यता छ, देउवाले कार्यकर्तालाई अन्योलमा राखेका छन् ।”
यता, प्रचण्डले सभापति देउवालाई प्रधानमन्त्रीको अफर गरे पनि प्रचण्ड पक्षका कतिपय नेताहरूले कांग्रेस अब सकिने बताएका छन् । नेकपा नेता रामनारायण बिडारी भन्छन्, “कांग्रेस फेरि पनि केही गर्न नसक्ने र आगामी चुनावमा पनि नेकपा नै जित्नेछ ।”
केपी ओली नेतृत्वको नेकपा र प्रचण्ड समूहको नेकपाले चाल्ने आगामी कदमभन्दा कांग्रेसले कस्तो बाटो अख्तियार गर्ला भन्नेमा सर्वत्र चासो छ ।