काठमाडौं। संयुक्त राष्ट्रसंघले नेपालको लागि आवासीय संयोजकमा सारा बेसोली न्यान्तीलाई नियुक्त गरेको छ। उनले आज आफ्नो ओहोदाको प्रमाणपत्र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बुझाएकी छिन्।
“संयुक्त राष्ट्रसंघको आवासीय संयोजकको रुपमा नेपालमा काम सुरु गर्न पाउँदा मलाई खुसी लागेको छ। कोभिड–१९ का कारण यो समय राष्ट्रसंघ र नेपालको लागि महत्वपूर्ण समय हो। कोरोना रोकथाम मात्र होइन, सामाजिक-आर्थिक चुनौतिको सामना पनि गर्नु पर्नेछ,” नेपालस्थित राष्ट्रसंघको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा न्यान्तीको भनाई उद्धृत गरिएको छ।
नेपाललाई आपत्कालिन र प्रभावकारी मानवीय सहायता उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको उनले बताएकी छिन्। यस्तो सहयोग कोभिड-१९ सँग सम्बन्धित मात्र होइन अन्य क्षेत्रमा गरिने उनले बताएकी छिन्।
न्यान्तीले २० वर्षदेखि विकास र मानवीय सहायताका क्षेत्रमा काम गर्दै आएकी छिन्। उनले राष्ट्रसंघको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेकी छिन्। नेपाल आउनु अघि उनी यमनमा युनिसेफको प्रतिनिधि थिइन्।
" /> काठमाडौं। संयुक्त राष्ट्रसंघले नेपालको लागि आवासीय संयोजकमा सारा बेसोली न्यान्तीलाई नियुक्त गरेको छ। उनले आज आफ्नो ओहोदाको प्रमाणपत्र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बुझाएकी छिन्।“संयुक्त राष्ट्रसंघको आवासीय संयोजकको रुपमा नेपालमा काम सुरु गर्न पाउँदा मलाई खुसी लागेको छ। कोभिड–१९ का कारण यो समय राष्ट्रसंघ र नेपालको लागि महत्वपूर्ण समय हो। कोरोना रोकथाम मात्र होइन, सामाजिक-आर्थिक चुनौतिको सामना पनि गर्नु पर्नेछ,” नेपालस्थित राष्ट्रसंघको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा न्यान्तीको भनाई उद्धृत गरिएको छ।

">