काठमाडौं। निर्वाचन आयोगले २०७७ वैशाख १७ र २७ गते हुने प्रतनिधिसभा निर्वाचनको लागि नामावली अद्यावधिक गर्ने कार्य माघ १५ गतेबाट सुरु गर्ने भएको छ।
मतदाता अद्यावधिक गर्ने कार्यक्रम एक साता सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ।
“माघ १५ गतेदेखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा निर्वाचन नामावली अद्यावधिक हुँदैछ,” निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले देखापढीसँग भने।
गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेकी थिईन्।
सरकारले निर्वाचनको घोषणा गरेसँगै आयोगले निर्वाचनको तयारी सुरु गरेको हो। आयोगले निर्वाचन मिति घोषणा भएको दिन २०७७ पुस ५ गतेलाई नै मतदाताको उमेर १८ वर्ष पुगेको निर्दिष्ट मिति तोक्ने निर्णय गरेको छ।
आयोगका प्रवक्ता श्रेष्ठका अनुसार सबै सात सय ५३ वटै स्थानीय तहको केन्द्रमा यही माघ १५ गते देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, २०७७ प्रभावकारी रुपमा सञ्चालन गरिने छ।
आयोगले आम नागरिकहरुलाई अन्तिम मतदाता नामावली त्रुटिरहित बनाउने कार्यमा सहयोगका लागि सबैसँग आग्रह गरेको छ।
प्रवक्ता श्रेष्ठका अनुसार नामावली अद्यावधिक गर्न आवश्यक कर्मचारीको व्यवस्थापन गरिसकेको छ।
सबै स्थानीय तहले आफ्नो कार्यालयमा माघ १५ गते नामावली अद्यावधिक गर्न सूचना निकाल्ने छन्। अर्थात आफ्नो क्षेत्रमा रहेका मतदाताहरुको नामावली प्रकाशन गर्नेछन्। माघ १६ र १७ गते नाम दोहोरिएको, नाम गलत भएको र मतदाता सूचीमा नाम भएको व्यत्तिको मृत्यु भएको रहेछ भने सच्याउनको लागि निवेदन दिनु पर्नेछ।
माघ १८ देखि २० गतेसम्म परेका निवेदनका आधारमा नामावली अद्यावधिक गरिने छ। “माघ २१ गते अद्यावद्यिक गरिएको नामावली सबै जिल्ला निर्वाचन कार्यालयमा पठाइसक्नु पर्नेछ,” प्रवक्ता श्रेष्ठले भने ।
माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने भएपनि छुटेका मतदाताले नाम लेखाउन भने पाउने छैनन्। गत पुस ५ गतेसम्म मतदाता सूचीमा नाम भएका व्यक्तिले मात्र नाम अद्यावधिक गर्न पाउने छन्।
नयाँ मतदाता नाम दर्ता प्रक्रियालाई सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले रोकेको थियो।
पछिल्लो तीन महिना (कात्तिक, मंसिर र पुस) मा ७७ जिल्ला निर्वाचन कार्यालयबाट तीन हजार आठ सय ८३ जना महिला र आठ हजार एक सय १७ जना पुरुष गरी कुल १२ हजार जना मतदाताहरुको नाम मतदाता नामावलीमा दर्ता भएको छ।
२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कूल मतदाताको संख्या एक करोड ५४ लाख रहेको थियो।
" /> काठमाडौं। निर्वाचन आयोगले २०७७ वैशाख १७ र २७ गते हुने प्रतनिधिसभा निर्वाचनको लागि नामावली अद्यावधिक गर्ने कार्य माघ १५ गतेबाट सुरु गर्ने भएको छ।मतदाता अद्यावधिक गर्ने कार्यक्रम एक साता सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ।

">