काठमाडौं। अधिवक्ताद्वय राजाराम घिमिरे र लोचन भट्टराईले सर्वोच्च अदालतका चारजना पूर्वन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दामा निवेदन दर्ता गराएका छन्।
अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चारजना पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले लिखित वक्तव्य दिएर मुद्दामाथि हस्तक्षेप गरेको जिकिर निवेदनमा गरेका छन्।
निवेदनको सुनुवाइ हुँदा अदालतमा आफैं उपस्थित भएर जवाफ दिन माग पनि निवेदकद्वयले गरेका छन्।
अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले आज अदालत खुलेलगत्तै अवहेलना मुद्दासम्बन्धी निवेदन दर्ता भएको बताए।
चारजना पूर्वन्यायाधीशहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वक्तव्यमार्फत अभिव्यक्ति दिएका थिए।
" /> काठमाडौं। अधिवक्ताद्वय राजाराम घिमिरे र लोचन भट्टराईले सर्वोच्च अदालतका चारजना पूर्वन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दामा निवेदन दर्ता गराएका छन्।अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चारजना पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले लिखित वक्तव्य दिएर मुद्दामाथि हस्तक्षेप गरेको जिकिर निवेदनमा गरेका छन्।

">