काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैजना पार्टीको अध्यक्ष नभएको बताएका छन्।
दुवैजना नेकपाको भिन्नभिन्नै समूहको नेतामात्रै भएको उनले बताए।
“अहिले दुई समूह निर्माण भएका छन्, एउटा ओली र अर्को प्रचण्ड समूह। यी दुवै समूहका नेताद्वय हिजो नेकपाका अध्यक्ष हुनुहुन्थ्यो, आज उहाँहरू दुई समूहका नेता हुनुभएको छ,” नेकपा एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै उनले भने।
उपाध्यक्ष गौतमले पार्टी व्यावहारिक र राजनीतिक रूपमा फुटेको र कानुनी रूपमा फुट्न बाँकी रहेको बताए। यसबाट नेता कार्यकर्ताहरू निराश बनेको उनको भनाइ छ।
दुई ठूला कम्युनिस्ट पार्टी मिलेर निर्वाचनमा जाँदा दुईतिहाइ नजिक बहुमत प्राप्त भएको र सरकार गठन भएको सन्दर्भ कोट्याउँदै उनले देश समाजवादको दिशामा अगाडि बढ्ने र देशको प्रतिष्ठा सगरमाथाजस्तो उच्च हुने आशा पनि निराशामा परिणत भएको बताए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैजना पार्टीको अध्यक्ष नभएको बताएका छन्।दुवैजना नेकपाको भिन्नभिन्नै समूहको नेतामात्रै भएको उनले बताए।

">