काठमाडौं। सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दालाई दबाब दिन नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विपक्षमा नबोल्न नेता कार्यकर्तालाई निर्देशन दिइरहेपनि माघ १३ गते बसेको केन्द्रिय समितिको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हो। कांग्रेस केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनविरूद्ध जारी रहेको आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो।
“यो कार्यक्रम नयाँ होइन। पुरानै कार्यक्रमको निरन्तरता हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले सच्याउनु पर्छ भनेर निरन्तर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो,” कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले बताए।
“अदालतको निर्णय आएपछि मात्रै आन्दोलन रोक्ने कि फेरी सञ्चालन गर्ने निर्णय हुन्छ। अदालतको फैसला नआएसम्म प्रधानमन्त्रीको कदम असंवैधानिक हो र सच्याउनको लागि आन्दोलन हुने छ,” केन्द्रीय सदस्य पाण्डेले भने।
तर कांग्रेस नेता रामहरी खतिवडा आन्दोलनका नाममा निर्वाचनको तयारी गरिरहेको बताउँछन्। “प्रतिनिधिसभा पुनर्स्थापना गर्ने या नगर्ने अधिकार अदालतको हो। जुन निर्णय आएपनि कांग्रेसले स्वीकार गर्छ,” नेता खतिवडाले बताए। ताजा जनादेशका लागि सडकमा जानुलाई प्रतिगमन भन्ने ट्याग लगाउने कुरा नै गलत छ । अब निर्वाचन भएन भने मात्रै प्रतिगमन हुने उनले बताए।
नेता खतिवडाकाअनुसार कांग्रेस आन्दोलनको नाममा निर्वाचनको तयारी र संगठन विस्तारमा केन्द्रीत भएको छ। केन्द्रीय समितिको निर्णयअनुसार पार्टी कार्यकर्ता र मतदातालाई परिचालन गर्नको लागि मात्र आन्दोलनका कार्यक्रम घोषणा गरेको उनले बताए।
कांग्रेसले पहिलो र दोस्रोचरणको आन्दोलन सम्पन्न गरेपछि तेस्रोचरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। पार्टी केन्द्रीय कार्यालयका मख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा माघ १९ गते भातृ संस्थाहरूको आयोजनामा संयुक्त विरोध कार्यक्रम गर्ने उल्लेख छ।
त्यस्तै माघ २४ गते शुभेच्छुक संस्थाको आयोजनामा र फागुन ३ गते कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा सदरमुकाममा विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरेको छ।