इलाम। आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनको तयारी इलाममा पनि थालिएको छ।
निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ। जसअन्तर्गत स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफललाई निरन्तरता दिइएको छ।
मतदान केन्द्र तथा मतदानस्थल सिफारिस समितिको बैठकले इलाममा १० मतदान केन्द्र र आठ वटा नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको छ। बैठकले सन्दकपुर गाउँपालिका-१ मा २, इलाम नगरपालिका-५ मा १, माङसेबुङ गाउँपालिका-४ मा १, रोङ गाउँपालिका-२ र ६ मा १/१, फाकफोकथुम गाउँपालिका-४, ६ र ७ मा १/१ मतदानस्थल थप गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गरेको हो।
त्यस्तै इलाम नगरपालिका-७ मा रहेको बाल मन्दिर आदर्श माविको मतदानस्थललाई महेन्द्ररत्न बहुमुखी क्याम्पसमा, वडा नं ९ को पोखरी प्राविको मतदानस्थललाई इलाम उच्च माविमा सार्ने प्रस्ताव गरेको छ। त्यस्तै, देउमाई नगरपालिका-२ को सिंहदेवी माविको मतदानस्थललाई रत्नबम प्रतिष्ठानको भवनमा र माङसेबुङ-१ स्थित गजुरमुखी महिला सहकारीको मतदानस्थललाई सोही वडा कार्यालयको भवनमा सार्ने गरी अयोगमा प्रस्ताव पठाएको निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिए।
निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली अद्यावधिक गरिने भएको छ। माघ १५ देखि २१ गतेसम्म प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गरिने निर्वाचन अधिकारी काफ्लेले जानकारी दिए। मतदाता नामावली अद्यावधिकका लागि निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्दै छ। नामावली सार्वजनिक भएपछि मतदाताले आफ्नो नामावली हुने, त्रुटि भए सच्याउने, दोहोरो परेको र मृत्यु भएकाको नामावली हटाउने, बसाइँसराइ र विवाह गरेर अन्त्य गएकाको हटाउने काम हुन्छ।
विवाह र बसाइँसराइ गएकाले एक ठाउँमा भएको नामावली हटाए पनि अर्को ठाउँमा भने नयाँ नाम दर्ता गराउन सक्दैनन्। यसो गर्दा मतदान गर्ने अधिकारबाट वञ्चित हुने भन्दै जिल्लास्थित सरोकारवालाले निर्वाचन कार्यालयलाई ध्यान दिन आग्रह गरेका छन्। निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरण टिपाएका १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने भएका छन्।
यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई लाख चार हजार ५४ जना मतदाता थिए। गएको पुस मसान्तसम्ममा मतदाताको सङ्ख्या थपिएर दुई लाख १४ हजार आठ सय ३६ पुगको छ। करिब तीन वर्षमामा १० हजार सात सय ८२ मतदाता थपिए पनि मतदाता अद्यावधिक हुँदा केही सङ्ख्या कम हुनसक्छ। मतदाता अद्यावधिक गर्न प्रत्येक स्थानीय तहकामा एक/एक जना कर्मचारी परिचालन भइसकेको छ। मतदाता नामावली अद्यावधिकपछि मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ। रासस