गलकोट। निर्वाचन आउन तीन महिना बाँकी रहँदा बागलुङ जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ। स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफल तथा बैठकलाई निरन्तरता दिइएको छ।
निर्वाचन कार्यालय बागलुङका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरणमा उल्लेख भएका १८ वर्ष पुगेका नागरिकले मात्र मतदान गर्न पाउने भएका छन्। पुस ५ गतेसम्मको तथ्याङ्कअनुसार बागलुङमा एक लाख ८८ हजार एक सय आठ मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन अधिकारी शिवराम शर्माले जानकारी दिए। “हामीले निर्वाचनको मिति तोकेसँगै आन्तरिक तयारीलाई तीव्रता दिएका छौं,” उनले भने, “सुरक्षा निकाय तथा सरोकारवालासँगको छलफल, मदतानस्थल र केन्द्रको अद्यावधिकलगायत विषयमा निर्वाचन आयोगमा पठाइसकेका छौं।”
यसअघि बागलुङमा २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक लाख ६८ हजार ३४९ मतदाता थिए। २०७६ मङ्सिर १४ गते बागलुङमा भएको प्रदेश तथा वडाध्यक्षको उपनिर्वाचनमा पुनः पाँच हजार चार सय ६१ मतदाता थपिएर जम्मा एक लाख ७३ हजार आठ सय १० मतदाता थिए। निर्वाचनको तयारीस्वरुप यही माघ १६ देखि १८ गतेसम्म मतदाता नामावलीमा दाबी विरोधलाई समय निर्धारण गरेको छ। जिल्लाका १० वटै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्च्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजूरी दिनसकिने निर्वाचन अधिकारी शर्माले बताए। कार्यालयले सबै स्थानीय तहमा नाम दर्ता अधिकारीसमेत खटाइसकेको छ।
त्यसैगरी आगामी निर्वाचनमा एक सय तीन मतदानस्थल र दुई सय एक मतदान केन्द्र रहेकोमा आगामी निर्वाचनमा भने दुई सय १९ मतदान केन्द्र बनाउन निर्वाचन आयोगमा सिफारिस गरेको निर्वाचन अधिकारी शर्माले बताए। जिल्लास्तरीय मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार मतदाता सङ्ख्यामा आएको वृद्धिसँगै १८ मतदान केन्द्र थप्न सिफारिस गरिएको छ।
चुनाव नियमित प्रक्रिया भएकाले निर्वाचन आयोग र मातहतका कार्यालय सधैं आवश्यक तयारीमै हुने शर्माको भनाइ छ। मुख्य काम निर्वाचनको एक महिनाअघिदेखि सुरु हुने भए पनि अन्य स्रोतसाधनको आकलन, मतदाता नामावली र मतदानस्थलको व्यवस्थापन नियमित प्रक्रिया भएकाले तयारी अवस्थामै रहेको उनको भनाइ थियो। प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा दुई निर्वाचन क्षेत्र छ। रासस
" /> गलकोट। निर्वाचन आउन तीन महिना बाँकी रहँदा बागलुङ जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ। स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफल तथा बैठकलाई निरन्तरता दिइएको छ।निर्वाचन कार्यालय बागलुङका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरणमा उल्लेख भएका १८ वर्ष पुगेका नागरिकले मात्र मतदान गर्न पाउने भएका छन्। पुस ५ गतेसम्मको तथ्याङ्कअनुसार बागलुङमा एक लाख ८८ हजार एक सय आठ मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन अधिकारी शिवराम शर्माले जानकारी दिए। “हामीले निर्वाचनको मिति तोकेसँगै आन्तरिक तयारीलाई तीव्रता दिएका छौं,” उनले भने, “सुरक्षा निकाय तथा सरोकारवालासँगको छलफल, मदतानस्थल र केन्द्रको अद्यावधिकलगायत विषयमा निर्वाचन आयोगमा पठाइसकेका छौं।”

">