नवलपुर। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा ११ हजारभन्दा बढी मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का अनुसार जिल्लामा ११ हजार चार सय नाै जना मतदाता थपिएका हुन्।
जिल्ला निर्वाचन अधिकारी ओमनारायण शर्मा ढुङ्गानाले पुस ५ गतेसम्म कार्यालयमा दर्ता भएको नामावली निर्वाचन आयोगमा पठाएकोमा आयोगबाट दुई लाख ३३ हजार एक सय २३ मतदाताले मतदानमा भाग लिन पाउने गरी नामावली फिर्ता आएको बताए।
उनकाअनुसार एक लाख नौ हजार पाँच सय ६७ जना पुरुष, एक लाख २३ हजार पाँच सय ५२ जना महिला र चारजना तेस्रो लिङ्गी रहेका छन्। २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा दुई लाख २१ हजार सात सय १४ जना मतदाता रहेका थिए। जिल्लामा मतदानस्थान तथा मतदान केन्द्र निर्धारण पुनरावलोकन समितिको बैठक बसिसकेको भन्दै जिल्ला निर्वाचन अधिकारी ढुङ्गानाले जिल्लामा मतदानस्थल तथा केन्द्र नबढ्ने बताए। जिल्लामा दुई सय ५८ मतदान केन्द्र तथा एक सय १२ मतदानस्थल रहेका छन्। राजनीतिक दलहरुले मतदान केन्द्र र मतदानस्थल थप गर्ने विषयमा कुनै सुझाव नदिएको उनले जानकारी दिए।
“जिल्लामा मतदान केन्द्र र स्थल थप हुने विषयमा कुनै सुझाव आएको छैन,” उनले भने, “यद्यपि मध्यविन्दु-१३ मा एउटा गाउँ रहेको छ, त्यस गाउँका करिब छ सय मतदातालाई भोट हाल्न जानका लागि २०/३० किलोमिटर नै हिँड्नुपर्ने देखिएको छ।” अहिलेको नयाँ संरचनाका कारण उनीहरुलाई धेरै हिँड्नुपर्ने भएको भन्दै ढुङ्गानाले त्यस गाउँमा कुनै पनि सरकारी कार्यालय नहुँदा मतदानस्थल निर्माण गर्न समेत समस्या देखिएको बताए।
आयोगबाट नामावली प्राप्त भइसकेकाले आगामी माघ १५ देखि मतदाताको नामावलीमा रहेको दोहोरो नामावली हटाउने, त्रुटि सच्याउने, विवरण सच्याउने काम हुने उनले बताए। मतदाता नामावली सच्याउनका लागि जिल्लाका आठवटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी तोकिएको भन्दै ढुङ्गानाले उनीहरुका अभिमुखीकरणसमेत दिइसकिएको बताए। सहायक नाम दर्ता अधिकारीले माघ १५ देखि स्थानीय तहमा नै बसेर विवरण सच्याउने काम गर्ने उनले बताए। रासस
" /> नवलपुर। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा ११ हजारभन्दा बढी मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का अनुसार जिल्लामा ११ हजार चार सय नाै जना मतदाता थपिएका हुन्।जिल्ला निर्वाचन अधिकारी ओमनारायण शर्मा ढुङ्गानाले पुस ५ गतेसम्म कार्यालयमा दर्ता भएको नामावली निर्वाचन आयोगमा पठाएकोमा आयोगबाट दुई लाख ३३ हजार एक सय २३ मतदाताले मतदानमा भाग लिन पाउने गरी नामावली फिर्ता आएको बताए।

">