काठमाडाैं। गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल-अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो। भेटमा गृहमन्त्री थापाले अमेरिकाका राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएकामा राजदूत बेरीमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
उनले नेपालले हिजोदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको जानकारी दिँदै अमेरिकाबाटसमेत नेपालले खोप सहयोग पाउने अपेक्षा राखेको बताएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।
गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरेका थिए।
अर्को प्रसङ्गमा गृहमन्त्री थापाले सरकारले वैशाखमा निर्वाचन घोषणा गरेको जानकारी दिँदै सबै पार्टी निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे। भेटमा राजदूत बेरीले नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै अमेरिकाका राष्ट्रपति बाइडेनको कार्यकालमा यो सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे।
उनले नेपालको लोकतन्त्र, मानव अधिकार, जलवायु परिवर्तनलगायतका क्षेत्रमा अमेरिकाको सहयोग जारी रहने बताए। अमेरिकाले उत्पादन गरेको कोरोना भ्याक्सिन वितरणमा नेपाललाई प्राथमिकतामा राख्ने राजदूत बेरीले बताए। रासस
" /> काठमाडाैं। गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन्।गृह मन्त्रालयमा भएको भेटमा नेपाल-अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो। भेटमा गृहमन्त्री थापाले अमेरिकाका राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएकामा राजदूत बेरीमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

">