मोरङ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका वरिष्ठ नेता झलनाथ खनालले जनतको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल सडकमा उत्रेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गदै उनले आन्दोलनले लोकतन्त्र र संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रस्ट पारे। उनले संविधान बमोजिम संसद् पुनर्स्थापना अनिवार्य रहेकाले त्यही मुद्दालाई केन्द्रविन्दुमा राखी सडक संघर्षका कार्यक्रम जारी रहेको धारणा राखे।
एक प्रश्नको जवाफमा उनले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आफ्ना कार्यक्रम गर्दै जाने हो, त्यो नै अन्तिम नभएको बताए।
नेता खनालले पार्टीभित्र आफ्नो समूहको दुईतिहाइ बहुमत रहेकाले निर्वाचन आयोगले यसलाई आधिकारिकता दिने दाबी गरे। वरिष्ठ नेता खनालले प्रदेशका मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वास प्रस्ताव पारितका लागि लोकतन्त्रप्रति आस्थावान सबै दल एक हुने विश्वास व्यक्त गरे। रासस
" /> मोरङ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका वरिष्ठ नेता झलनाथ खनालले जनतको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल सडकमा उत्रेको बताएका छन्।विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गदै उनले आन्दोलनले लोकतन्त्र र संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रस्ट पारे। उनले संविधान बमोजिम संसद् पुनर्स्थापना अनिवार्य रहेकाले त्यही मुद्दालाई केन्द्रविन्दुमा राखी सडक संघर्षका कार्यक्रम जारी रहेको धारणा राखे।

">