विराटनगर। प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले देश, जनता, राष्ट्र, राष्ट्रियताको सम्मानका लागि सहादत प्राप्त गर्ने सहिदहरुप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।
सहिद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उनले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्न राष्ट्रियहित, लोकतान्त्रिक गणतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक/पटक गरेको ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गरेका छन् ।
“जहाँनिया शासन, तानाशाही निर्दलीय एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त पार्न आफ्नो जीवनलाई उत्सर्ग गर्ने महान् सहिद र नेपाली धर्तीले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलि तथा श्रद्धासुमन अर्पण गर्दछु”, सन्देशमा प्रदेश प्रमुख अधिकारीले भनेका छन्, “बेपत्ता र पीडित नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दै वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा सहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको छ ।”
सन्देशमा उनले देशमा राजनीतिक सहमतिमार्फत दिगो शान्ति स्थापना गर्दै देश विकासमा जुट्न सकेमा सबै किसिमका विभेदको अन्त्य गर्न सकेमा सहिदहरुप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने बताउँदै राष्ट्रको सम्मुन्नत दिगो विकासमा अझ सुदृढ र एकजुट भएर लाग्न आम जनसमुदायमा अनुरोध गरेका छन् ।
यो दिवसले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताको मजबुत सूत्रमा बाँधिएर मन, वचन र कर्मले सहिदहरुको सपनालाई साकार पार्ने प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् ।
" /> विराटनगर। प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले देश, जनता, राष्ट्र, राष्ट्रियताको सम्मानका लागि सहादत प्राप्त गर्ने सहिदहरुप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।सहिद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उनले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्न राष्ट्रियहित, लोकतान्त्रिक गणतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक/पटक गरेको ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गरेका छन् ।

">