काठमाडौं। राजनीतिक रूपमा विभाजित भई अलग-अलग गतिविधि गरिरहेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आज निर्वाचन आयोग जाने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रथम अध्यक्षसहित प्रमुख पदाधिकारी र पुष्पकमल दाहाललाई अध्यक्षमात्र स्वीकार गरेर नेकपा विवादका बारेमा छलफल गर्नका लागि आयोगले निमन्त्रणा गरेपछि दुवै पक्ष आयोग जाने भएका हुन्।
ओली नेतृत्वको नेकपाबाट महासचिव विष्णु पौडेल र विघटित प्रतिनिधिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा प्रचण्ड नेतृत्वको नेकपाबाट स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र राजेन्द्र पाण्डेसहित पूर्वमहान्यायधिवक्ता मुक्ति प्रधान आज आयोगले बोलाएको छलफलमा सहभागी हुने भएका छन्।
गत पुस ५ गते घोषणा गरिएको प्रतिनिधिसभा विघटनअघिको अवस्थामा नेकपा रहेको जनाउँदै आयोगले दुवै पक्षले त्यसयता गरेका क्रियाकलाप र पत्राचारलाई मान्यता दिएको थिएन। दुवै पक्षका गतिविधि र पत्राचारलाई मान्यता नदिए पनि कानुनी र प्राविधिक रूपमा विभाजन हुन नसकिरहेको बेला आयोगले ओली-प्रचण्ड दुवै समूहलाई आयोगमा आज बोलाएर छलफल गर्न लागेको हो।
नेकपाको आधिकारिकतामाथि दुवै पक्षले दाबी गरेपछि गत माघ ११ गते आयोगले कानुनी र प्राविधिक रूपमा पार्टी विभाजनलाई अस्वीकार गर्दै जवाफ पठाएको थियो। त्यससँगै नेकपा विभाजनले औपचारिक मान्यता पाएका थिएन।

प्रधानमन्त्री ओलीका तर्फबाट शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल र कानुनविदहरू बाबुराम दाहाल तथा रमेश बडाललगायत पनि छलफलमा सहभागी हुने बुझिएको छ।
" /> काठमाडौं। राजनीतिक रूपमा विभाजित भई अलग-अलग गतिविधि गरिरहेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आज निर्वाचन आयोग जाने भएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रथम अध्यक्षसहित प्रमुख पदाधिकारी र पुष्पकमल दाहाललाई अध्यक्षमात्र स्वीकार गरेर नेकपा विवादका बारेमा छलफल गर्नका लागि आयोगले निमन्त्रणा गरेपछि दुवै पक्ष आयोग जाने भएका हुन्।

">