काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैशाख १७ र २७ गते हुने आम निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
नेकपाका विवादका बारेमा छलफल गर्न ओली नेतृत्वको नेकपा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाईएपछि ओली समूहले सो आग्रह गरेको हो ।
‘निर्वाचन आयोगले आधिकारिकताका बारेमा टुंगो लगाईसकेको छ, त्यो अब छलफलको विषय रहेन,’ स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले भने, ‘अब दल दर्ताको प्रक्रिया सुरु गर्नुहोस्, निर्वाचनको तयारीमा लाग्नुहोस् भन्ने आग्रह गरेर निस्किएका छौं ।’
आयोगका प्रमुख आयुक्त दिनेश थपलियालगायतले पनि आयोग निर्वाचन गराउन तयारी अवस्थामा रहेको जानकारी दिएको नेम्वाङले बताए ।
‘आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरुले पनि ८४ दिनमा हामी निर्वाचन गराउन सक्षम छौं भनेर आज हामीलाई जानकारी दिनु भएको छ, उहाँहरु दल दर्ता आव्हानका लागि तयारी गर्दै हुनुहुन्छ,’ नेम्वाङले अगाडि भने, ‘दल दर्ता आव्हानसँगै अब मुलुक निर्वाचनमा होम्मिने छ, त्यसका लागि सबै दल राजी अवस्थामा रहेका छन् ।’
राजनीतिक रुपमा विभाजित भएर अलग भएका प्रचण्ड समूहका नेताहरु छलफलमा नबसेकोमा आश्चर्य व्यक्त गरेका छन् ।
प्रचण्ड समूहको नेतृत्व गर्दै आयोगमा छलफल गर्न पुगेका राजेन्द्र पाण्डेले दुई अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल काठमाडौं भन्दा बाहिर रहेकोे र उनीहरु फर्केपछि मात्रै छलफलमा बस्ने जनाउँदै समय माग गरी पत्र छाडेर फर्केका छन् ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैशाख १७ र २७ गते हुने आम निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।नेकपाका विवादका बारेमा छलफल गर्न ओली नेतृत्वको नेकपा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाईएपछि ओली समूहले सो आग्रह गरेको हो ।

">