काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने बताएका छन्।
काठमाडौं महानगरपालिका-१४ खड्का गाउँमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
उनले सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ-गाउँमा चुनाव प्रचारमा लागिसकेको दाबी गर्दै मुलुक चुनावमय भएको बताए।
मन्त्री श्रेष्ठले वर्तमान सरकारले दर्जनौं गौरवका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु मूर्खता भएको बताए। अधिकांश आयोजना यही सरकारले पूरा गरेको उनको दाबी थियो।
‘‘रानीपोखरी बन्यो, धरहरा बन्दै छ, देशका दुई ठूला अन्तर्राष्ट्रिय विमानस्थल तयार भए, पाइपलाइनबाट तेल आउन थालिसक्यो, रेल सञ्चालन अन्तिम तयारीमा पुगेको छ, ठाउँ-ठाउँमा सुरुङमार्ग निर्माण भइरहेका छन्, भन्नुस त यो काम कसले गर्यो? सबै यही सरकारको प्रगति हो,’’ मन्त्री श्रेष्ठले भने।
उनले मुलुकलाई थप विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहोर्याए।
" /> काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने बताएका छन्।काठमाडौं महानगरपालिका-१४ खड्का गाउँमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

">