काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको प्रशंसा गर्दै काँग्रेसका नेता तथा कार्यकर्ताहरूको मन जित्ने प्रयास गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेश १ को विराटनगरमा आयोजित विरोधसभामा बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले आफ्नै दलका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित नगरेसम्म आन्दोलनमा डटिरहने बताए।
राजनीतिक जीवनमा काँग्रेसका तत्कालीन सभापति कोइरालाको धेरै आलोचना गरे पनि आफूसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको र संसद् पुनःस्थापनाको मागमा अडिएकै कारण कोइरालाले राष्ट्रिय नायकका रूपमा मृत्युवरण गरेको प्रचण्डको भनाइ थियो।
“यो ठाउँ शान्ति सम्झौतामा हस्ताक्षर गर्ने हामी दुईमध्ये एक गिरिजाप्रसाद कोइरालाको जन्मथलो हो। म यहाँबाट नेपाली काँग्रेसका नेताहरूलाई अपिल गर्न चाहन्छु। तपाईंहरू गिरिजाप्रसाद कोइरालाका उत्तराधिकारी हुनुहुन्छ। तपाईंहरू शान्ति सम्झौताका पनि उत्तराधिकारी हो। तपाईंहरू लोकतन्त्रको पनि उत्तराधिकारी हो,” काँग्रेस फकाउन प्रचण्डले भने, “गिरिजाप्रसाद कोइरालाले जीवनमा धेरै आलोचना पनि खानुभयो। धेरै दुःख कष्ट पनि पाउनुभयो। तर लास्टमा जान त राष्ट्रिय हिरो भएर बिदा हुनुभयो। हामी सबैले पनि सम्मान गर्ने भयो। जिन्दगीभरि के-के भनियो, के-के भनियो। मर्ने बेलामा त मैले पनि अभिभावक भने उहाँलाई, विचार गर्नुस् त।”
“म नेपाली काँग्रेसका नेता साथीहरूलाई भन्न चाहन्छु, गिरिजाबाबु कसरी महानायक भएर जान सक्नुभयो त? उहाँले संसद् पुनःस्थापना हुनैपर्छ भनिराख्नुभयो। मसँग पनि आउनुभयो। शान्ति सम्झौतामा पनि हस्ताक्षर गर्नुभयो। त्यसकारण महानायक हुनुभयो,” प्रचण्डले अबको दिन आफूहरूको भएको भन्दै थपे, “अब हाम्रा पुस्ताका नेताहरूको पालो आयो महानायक हुनका लागि। झुकिने छैन तानाशाहहरूसँग।”
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको प्रशंसा गर्दै काँग्रेसका नेता तथा कार्यकर्ताहरूको मन जित्ने प्रयास गरेका छन्।प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेश १ को विराटनगरमा आयोजित विरोधसभामा बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले आफ्नै दलका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित नगरेसम्म आन्दोलनमा डटिरहने बताए।

">