काठमाडौं। ‘मानवीय’ कार्यमा संलग्न हुनुपर्ने मानवअधिकारवादी संस्थाहरू राजनीतिक भाषणमा मात्र संलग्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन्। मानवअधिकारका लागि माइतीघरमा ब्यानर देखाएर नभई गाउँघरमा पुग्नुपर्ने उनको भनाइ छ।
आज काठमाडौंमा मानव सेवा आश्रमद्वारा आयोजित सडकआश्रित मानवहरूको राष्ट्रिय उद्धार कार्यक्रममा उनले मानवअधिकारका संस्थाहरूले साँच्चिकै सहयोगापेक्षी सडकआश्रित मानव किन नदेखेको भनी प्रश्न गरेका छन्।
“मानवअधिकारका सतही नाराभन्दा साँच्चिकै सहयोगापेक्षी जनतालाई केही गर्दैनन्,” उनले भने, “मानवअधिकारका संस्थाहरूलाई राजनीतिक भाषण गर्दा फुर्सद छैन। मानवतावाद नाराभन्दा साँच्चिकै मानवीय कार्य किन गर्दैनन्? मानवअधिकारका लागि माइतीघरमा ब्यानर देखाएर हुँदैन, गाउँघरमा पुग्नुपर्छ।”
यसका लागि सरकारले सधैँ स्थानीय तह, प्रशासन र प्रहरीलाई सहयोग गर्न तयार भएको उनले जनाए। “स्थानीय तहले त्यस्तो खाँचो भएका व्यक्तिहरू किन भेट्दैनन्,” प्रधानमन्त्री ओलीको प्रश्न थियो। उनले चाँडै नै नेपाल सडकआश्रित मानव, सडकआश्रित बालबालिका र अभिभावकविहीन बालबालिकामुक्त भएको देश बनाउने लक्ष्यमा आफू हिँडेको जनाए। यस कार्यमा सबैले सामाजिक चेतना अभिवृद्धि गरी जोडिन र आफ्नो तर्फबाट योगदान दिन उनले आह्वान गरे।
यसै क्रममा काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यसँगको भेटमा सडकआश्रित मानवमुक्त बनाउने महानगरपालिकाको कार्यबारे पनि प्रधानमन्त्री ओलीले बताए।
“काठमाडौंको मेयरसँग मेरो कुराकानी भएको छ, उहाँले सडकआश्रित मानवमुक्त बनाउन जमिन उपलब्ध गराउन माग गर्नुभएको छ,” प्रधानमन्त्री ओलीले भने, “हामी हरकिसिमले सहयोग गर्न तयार छौँ।”
आगामी ७८ सालभित्रै सहयोगापेक्षी मानवको उद्धार कार्य सक्ने र यसका सम्बन्धमा सामाजिक जागरण नै चलाउने उद्घोष उनले गरे।
" /> काठमाडौं। ‘मानवीय’ कार्यमा संलग्न हुनुपर्ने मानवअधिकारवादी संस्थाहरू राजनीतिक भाषणमा मात्र संलग्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन्। मानवअधिकारका लागि माइतीघरमा ब्यानर देखाएर नभई गाउँघरमा पुग्नुपर्ने उनको भनाइ छ।आज काठमाडौंमा मानव सेवा आश्रमद्वारा आयोजित सडकआश्रित मानवहरूको राष्ट्रिय उद्धार कार्यक्रममा उनले मानवअधिकारका संस्थाहरूले साँच्चिकै सहयोगापेक्षी सडकआश्रित मानव किन नदेखेको भनी प्रश्न गरेका छन्।

">