काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दलका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बाउन्ने’ संज्ञा दिएका छन्।
प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित नेकपाका दुई समूह विघटनको विरोध र समर्थनमा विभिन्न सभासमारोह तथा आन्दोलनमा व्यस्त छन्। यसै क्रममा प्रतिनिधिसभा विघटनको विरुद्ध आज धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरू पार्टीका सबै मोर्चासँगै सडकमा पनि दुई-तिहाइ भएको दाबी गरे।
“केपी ओली केन्द्रीय समितिमा एक-तिहाइ पनि थिएनन्। तर सडकमा मेरो छ भनेर फुर्ति गर्थे। अस्ति धनगढीमा आएर सभा गरेपछि उनको उत्साह बढेकै थियो, तर अहिले तपाईंहरूले सडकमा पनि केपी ओली एक-तिहाइ मात्र भनेर साबित गरिदिनुभयो,” प्रचण्डले भने, “उनले आफू जति अग्लो भनेर दाबी गरे पनि तपाईंहरूले केपी ओलीलाई तिमी फुच्चे हौ, तिमी बाउन्ने हौ भनेर देखाइदिनुभयो। यसका लागि तपाईंहरूलाई धन्यवाद!”
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दलका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बाउन्ने’ संज्ञा दिएका छन्।प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित नेकपाका दुई समूह विघटनको विरोध र समर्थनमा विभिन्न सभासमारोह तथा आन्दोलनमा व्यस्त छन्। यसै क्रममा प्रतिनिधिसभा विघटनको विरुद्ध आज धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरू पार्टीका सबै मोर्चासँगै सडकमा पनि दुई-तिहाइ भएको दाबी गरे।

">