काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानवीयता नभएको नेताको आरोप लगाएका छन्।
आज धनगढीमा प्रतिनिधिसभा विघटनका विरुद्धमा आयोजित विरोधसभा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले प्रधानमन्त्री ओलीलाई ‘निर्मोही’ र मानवीयता नभएको आरोप लगाएका हुन्।
“२०७४ सालको निर्वाचनमा बाम गठबन्धनको कार्यक्रममा केपी ओलीको निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुन गएको दिन मेरो छोरा प्रकाशको मृत्यु भयो। त्यो दुःखमा सहानुभूति हुनुपर्ने हो, सहकर्मीको दुःखमा सहकार्य गर्नुपर्ने हो। तर यति निर्मोही भएर मेरो परिवारको विषयमा बोली रहेका छन्। मेरो परिवारको अपमान गरिरहेका छन्,” प्रचण्डले भने, “छोरा भएपछि बुहारी आउँछ। उनीहरूको सन्तान हुन्छ। निरन्तर आन्दोलनमा सहभागी हुँदा उनीहरूले अवसर पाउँछन्। यसमा मेरो के दोष?”
“जनयुद्धमा धेरैजनाले हाँसी-हाँसी बलिदान दिएका छन्। हजारौँ कार्यकर्ताको पक्षमा निरन्तर लडिरहन्छु भनेर फेरि मैदानमा उत्रिएको छु। घोडामा चढेका शाहवंशीय बादशाहलाई तानेर लात हान्ने नेता म नै हो। हामी केपी ओलीलाई सहदैनौँ। उनलाई पनि जनताको बलमा सडकमा पुर्याउनेछौं,” उनले बताए।
“माधव नेपालसँग बराबर अध्यक्ष हैसियतमा सहमति भएको छ। यस्तै सम्झौता केपी ओलीसँग भएको हो, तर उहाँ भागेर हिँड्नुभयो। आफैले पहिलो अध्यक्ष दावी गर्नुभयो। बैठकबाट सधैँ भाग्ने चलन चलाए,” प्रचण्डले भने।
“अहिले नेकपा पार्टी फुटेको छैन,” उनले भने, “केपी ओली चोइटिएको हो।”
“सुदूरपश्चिममा मैले हुर्काएको र पटकपटक अवसर दिएको मान्छे कता हो कता गएका छन्। केपी ओलीको वरपर घुम्ने दलाल भएका छन्। उनको विषयमा जनताले आफैले फैसला गर्नुस्,” उनले भने।
" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानवीयता नभएको नेताको आरोप लगाएका छन्।आज धनगढीमा प्रतिनिधिसभा विघटनका विरुद्धमा आयोजित विरोधसभा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले प्रधानमन्त्री ओलीलाई ‘निर्मोही’ र मानवीयता नभएको आरोप लगाएका हुन्।

">