काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले जनताको बहुदलीय जनवाद (जबज) र एमाले सकिएको बताएका छन्।
धनगढीमा आज आयोजित नेकपा प्रचण्ड समूहको आमसभामा बोल्दै नेता नेपालले एमाले र माओवादी मिले नयाँ पार्टी नेकपा जन्मेको र अब नेकपा नयाँ विचार र सिद्धान्तका साथ अगाडि बढेको बताएका हुन्।
“प्रधानमन्त्री केपी ओली पूर्वएमाले र जनताको बहुदलीय जनवादको नाम लिएर गफ दिएर हिँडेका छन्। आफूलाई सक्कली एमाले भनेर हिँडेका छन्। लामो समय पार्टीको नेतृत्व गर्ने माधव नेपाल र झलनाथ खनालभन्दा केपी ओली कसरी असली हुन्छ?” नेपालले भने।
प्रधानमन्त्री ओलीलाई ‘गफाडी’को संज्ञा दिँदै नेता नेपालल भने, “एमाले र जनताको बहुदलीय जनवादको नाममा भ्रम सिर्जना गरेका छन्। यो लामो समय टिक्दैन।”
वरिष्ठ नेता माधव नेपालले भ्रष्टाचारलाई ढाकछोप गर्ने र जनतालाई सुशासन दिन नसकेकाले केपी ओली नेतृत्वको सरकारलाई बोकेर हिँड्न नसकेको बताएका छन्। “जनताको समस्याको विषयमा छलफल गर्नको लागि बैठक बोलाउन अनुरोध गर्यौँ। उनी काम गर्न दिएन भने भागेर हिँडेका छन्। अलिक कडा रूपमा अविश्वासको प्रस्ताव राख्न खोजका थियौं। संसद विघटन गरेर केपी ओलीले प्रतिगामी काम गरेका छन्,” उनले बताए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले जनताको बहुदलीय जनवाद (जबज) र एमाले सकिएको बताएका छन्।धनगढीमा आज आयोजित नेकपा प्रचण्ड समूहको आमसभामा बोल्दै नेता नेपालले एमाले र माओवादी मिले नयाँ पार्टी नेकपा जन्मेको र अब नेकपा नयाँ विचार र सिद्धान्तका साथ अगाडि बढेको बताएका हुन्।

">