काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा विकास निर्माणका ठूला ऐतिहासिक काम सुरु भइरहँदा कार्यक्रममा स्थानीय सांसद तथा भरतपुर महानगरपालिकाका मेयरको अनुपस्थितिमाथि आपत्ति जनाएका छन्।
चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जिल्लाभरबाट नागरिकहरूको सहभागिता रहेको कार्यक्रममा नआएर चितवनका तीन जना सांसद र भरतपुरकी मेयरले जनतालाई बेवास्ता गरेको बताए।
“तपाईंहरूले तीनजना सांसद छान्नुभएको थियो। आज उहाँहरू खोई? तिनिहरूलाई तपाईहरू चाहिएन, अब तपाईंहरूलाई तिनीहरू चाहिन्छ? आवश्यकता छैन। त्यही भएर उहाँहरू छट्पटाएर हिँड्नुभएको छ। तीनवटा प्रधानमन्त्री लौरो टेकेर लुखुरलुखुर देशमा लाइन लागेर हिडनुभएको छ, बुढेसकालमा,” अर्का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राजनीतिक रूपमा मुलधारबाट विभाजित भएका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, “उहाँहरूको उदेश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो, तर राम्रो छैन। पार्टी ध्वस्त पार्ने, आन्दोलन सखाप पार्ने, देश सखाप पार्ने मनसाय उहाँहरूको छ।”
प्रधानमन्त्री ओलीले भरतपुर महानगरपालिकाकी मेयर प्रचण्ड पुत्री रेणु दाहाललाई व्यंग गर्दै थपे, “यस महानगरपालिकामा अलिअली च्यातेर जित्या भए पनि अलिअली भोट त तपाइहरूले दिएकै थियो नी। खोई तपाईहरूको मेयर यहाँ? चितवनभरीबाट आदरणीय दाजुभाई दिदीबहिनीहरू यहाँ जम्मा हुनुभएको छ, खोई तपाईहरूका मेयर? मेयर पिकनिक खान जानुभयो होला कतै।”
आफूहरू देश बनाउने अभियानमा जुटेको तर पार्टीबाट विभाजित भएर जानेहरू आफ्नै दुनो सोझ्याउन लागिरहेको प्रधानमन्त्रीले आरोप लगाए। “उहाँहरू आफ्नो काम गर्दै हुनुहुन्छ। तर हामी देश बनाउने अभियानमा जुटेका छौं। आज इतिहासमै पहिलो पल्ट चितवनका लागि दुई हजार क्षमताकोा सभा हल सिलान्यास गरेर सकेसम्म छिट्टै तयार गर्ने अभियानमा जुटेका छौं। हामीले राजमार्ग चौडा गरेर ६ लेनको बनाउने कामको सिलान्यास गरेका छौं। हामी सभाहल सिलान्यास गरिरहेका छौं, बाटो चौढा गर्ने काम गरिरहेका छौं। उहाँहरू किन छटपटाउनुभएको छ?”
विकास निर्माणको काम भइरहँदा र हुन्छ भन्ने सुन्दा समेत नेकपा प्रचण्ड समूहका नेताहरू आत्तिने गरेको प्रधानमन्त्रीले बताए। चितवन विकास निर्माणको काममा अगाडि बढ्ने क्रममा नारायणीमा अत्यन्तै आकर्षक ‘सिग्नेचर’ पुल बन्दै गरेको बताउँदै प्रधानमन्त्री ओलीले नारायणी र राप्ती नदीमा तटबन्ध बनाइन लागेको पनि जानकारी गराए।
“विकास निर्माणका यस्ता कुरा सुन्दा सुन्दा उहाँहरूलाई पिर पर्ला की भन्ने लाग्छ। यसोृ हुँदैछ भनेपछि उहाँहरू आत्तिनुहुन्छ। तर काम हुन्छ। आत्तिए पनि हुन्छ, जे भए पनि हुन्छ। बनाएर छोडिन्छ,” प्रधानमन्त्रीले प्रतिबद्धता जनाए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा विकास निर्माणका ठूला ऐतिहासिक काम सुरु भइरहँदा कार्यक्रममा स्थानीय सांसद तथा भरतपुर महानगरपालिकाका मेयरको अनुपस्थितिमाथि आपत्ति जनाएका छन्।चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जिल्लाभरबाट नागरिकहरूको सहभागिता रहेको कार्यक्रममा नआएर चितवनका तीन जना सांसद र भरतपुरकी मेयरले जनतालाई बेवास्ता गरेको बताए।

">