काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतालाई हेपेको बताएका छन्।
सिन्धुपाल्चोकको संघीय निर्वाचन क्षेत्र नम्बर-२ ले आयोजना गरेको विरोधसभालाई आज सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले कार्यक्रममा हँसाएको नभई देश र जनतालाई हेपेको बताए।
“उहाँ (प्रधानमन्त्री ओली)ले कार्यक्रममा हँसाउने गर्नुभएको छ,” उनले भने, “उहाँले हँसाउनु भएको मात्रै होइन, हेप्नु भएको हो र त्यो सिंगो देश र जनतालाई!”
शालीन प्रतिपक्षी कांग्रेस संसदमा हुँदा सनकको भरमा प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक समस्या समाधान गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेर राजा महेन्द्रको पथमा गएको टिप्पणी गरे।
उनले संसद् मात्रै नभई संविधान विघटन भएको बताए। “संसद विघटन मात्रै भएको होइन, संविधान विघटन पनि हो यसले राजनीतिक व्यवस्था लिएर जान्छ,” थापाको भनाइ छ।
नेता थापाले प्रतिनिधिसभा विघटन असंवैधानिक मात्रै नभई प्रतिगामी कदम भएको दावी गरे। यस्तै, उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई बदर गर्ने अपेक्षा गरेको पनि उल्लेख गरे।
“हामीले पढ्ने संविधान र श्रीमानले पढ्ने संविधान एउटै हो,” उनले भने, “संविधानको शासन भएको देशमा श्रीमानहरूले दायाँबायाँ गर्नुहुन्न भन्ने हो र यो सर्वोच्च अदालतले सर्वोच्च अदालतको मान र प्रतिष्ठा राख्नेछ।”
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको पदीय मर्यादा राख्न नसकेको पनि उल्लेख गरे।
" /> काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतालाई हेपेको बताएका छन्।सिन्धुपाल्चोकको संघीय निर्वाचन क्षेत्र नम्बर-२ ले आयोजना गरेको विरोधसभालाई आज सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले कार्यक्रममा हँसाएको नभई देश र जनतालाई हेपेको बताए।

">