काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना कांग्रेसको गन्तव्य रहेको बताए।
ढुलमुले भएर चुनावमा जाने भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनबाहेक कांग्रेसको गन्तव्य अरू नहुने बताए।
संघीय संसद निर्वाचन क्षेत्र नम्बर-२ सिन्धुपाल्चोकले आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले गन्तव्य प्रतिनिधिसभा पुनर्स्थापना भएपछि सबै कांग्रेसीको मन्तव्य पनि एउटै हुनुपर्ने बताए।
त्यो मन्तव्य चाहिँ प्रतिनिधिसभा विघटन संविधानविपरीत र अलोकतान्त्रिक भन्ने हुनुपर्ने बताए।
“नेपाली कांग्रेसका नेता कार्यकर्ता जोसुकै हुन्, सबैको एउटै मन्तव्य प्रतिनिधिसभा विघटन संविधानविपरीत छ र अलोकतान्त्रिक काम हो भन्ने हो,” नेता पौडेलले भने, “हाम्रो गन्तव्य प्रतिनिधिसभा पुनर्स्थापना हो।”
उनले प्रतिनिधिसभा पुनर्स्थापना भए मात्रै लोकतन्त्र बच्ने बताए। त्यसले गर्दा चुनावलाई कांग्रेसले अवसर ठान्न नहुने उनको भनाइ छ।
“चुनाव आयो, अवसर आयो भन्ने होइन, कम्युनिस्टजस्तो अवसरवादी पार्टी कांग्रेस होइन, सिद्धान्तवादी पार्टी हो, लोकतन्त्रको संरक्षण गर्न आफ्नो सिद्धान्तमा अडिएर कांग्रेस लड्न तयार हुनुपर्छ,” वरिष्ठ नेता पौडेलले बताए।
उनले प्रतिनिधिसभा विघटनले जहिले पनि देशलाई हानी नोक्सानी हुने गरेको उल्लेख गरे।
गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गर्दा माओवादी जन्मिएर हिंसा भएको, शेरबहादुर देउवाले राजालाई प्रतिनिधिसभा बुझाउँदा प्रतिगमन आएको र अहिले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा संविधानमाथि खतरा आएको बताए।
" /> काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना कांग्रेसको गन्तव्य रहेको बताए।ढुलमुले भएर चुनावमा जाने भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनबाहेक कांग्रेसको गन्तव्य अरू नहुने बताए।

">