काठमाडौं। सरकारले दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेपछि निर्वाचन केन्द्रित सुरक्षा रणनीति र कार्ययोजना बनाउने काममा नेपाल प्रहरी जुटेको छ। जसलाई चाँडै सक्ने प्रहरी तयारी छ।

सोही आधारमा निर्वाचनको सुरक्षामा खटिने प्रहरी जनशक्तिको निर्धारणदेखि म्यादी प्रहरीको भर्ना लिनेसँगै प्रहरी जनशक्तिको परिचालन, बन्दोबस्तीका सामग्री तय लगायतका काम प्रहरीले गर्नेछ।

प्रहरी केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले चाँडै सुरक्षा रणनीति र कार्ययोजना सकिने गरि काम भइरहेको बताए। “हामीले सुरक्षा योजनाका लागि ‘वर्कआउट’ गरिरहेका छौं र छिट्टै सक्ने गरी काम भइरहेको छ” उनले देखापढीसँग भने, “सोही आधारमा निर्वाचनको सुरक्षा तयारीका लागि हामी अगाडि बढ्ने हो।”

सरकारले आगामी बैशाख १७ गते पहिलो चरणको र दोस्रो चरणको बैशाख २७ गते गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्‍त्री केपी शर्मा ओलीको सिफारिसको आधारमा प्रतिनिधिसभा विघटन गर्दै पुसको ५ गते मध्यावधि निर्वाचन घोषणा गरेकी हुन्।

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण ढङ्गले सम्पन्‍न गराउन प्रहरीले ध्यान केन्द्रित भएको हो। म्यादी प्रहरी भर्ना सङ्ख्यासम्बन्धी खाका पनि प्रहरी प्रधान कार्यालयले तयार गरिसकेको छ। एक लाखको सङ्ख्यामा निर्वाचन प्रयोजनार्थ म्यादी प्रहरी भर्ना गर्ने जनाइएको छ।

“२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भन्दा केही तलमाथि हुन सक्छ, हामीले खाका तयार गरिसकेका छौं र अहिले सबै सार्वजनिक गर्न मिल्दैन,” प्रहरी प्रवक्ता कुँवरले बताए।

यससम्बन्धी प्रहरीले आवश्यक बजेटका लागि अर्थ मन्‍त्रालयसँग समन्वय गर्दै आएको छ। निर्वाचन आयोगसँग पनि समन्वय गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीले २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ९८ हजार दुई सय ६८ जना म्यादी प्रहरीको भर्ना लिएको थियो। सामान्य लेखपढ गर्न सक्ने १८ वर्षदेखि ५४ वर्ष उमेर समूहकालाई म्यादी प्रहरीमा भर्ना गरेको थियो।

म्यादी प्रहरीका अतिरिक्त करिब ६५ हजार जना प्रहरीलाई निर्वाचनमा खटाउने तयारी प्रहरी प्रधान कार्यालयको छ।
मतदानस्थलको संवेदनशीलताका आधारमा उनीहरू खटिनेछन्।

त्यसअघिको निर्वाचनमा जस्तै सुरक्षाको दृष्टिले सामान्य, संवेदनशील र अति संवेदनशील मतदानस्थल निर्धारण गरिने भएको छ। त्यसका लागि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले तयारी थालेका छन्।

" /> काठमाडौं। सरकारले दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेपछि निर्वाचन केन्द्रित सुरक्षा रणनीति र कार्ययोजना बनाउने काममा नेपाल प्रहरी जुटेको छ। जसलाई चाँडै सक्ने प्रहरी तयारी छ।

सोही आधारमा निर्वाचनको सुरक्षामा खटिने प्रहरी जनशक्तिको निर्धारणदेखि म्यादी प्रहरीको भर्ना लिनेसँगै प्रहरी जनशक्तिको परिचालन, बन्दोबस्तीका सामग्री तय लगायतका काम प्रहरीले गर्नेछ।

प्रहरी केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले चाँडै सुरक्षा रणनीति र कार्ययोजना सकिने गरि काम भइरहेको बताए। “हामीले सुरक्षा योजनाका लागि ‘वर्कआउट’ गरिरहेका छौं र छिट्टै सक्ने गरी काम भइरहेको छ” उनले देखापढीसँग भने, “सोही आधारमा निर्वाचनको सुरक्षा तयारीका लागि हामी अगाडि बढ्ने हो।”

सरकारले आगामी बैशाख १७ गते पहिलो चरणको र दोस्रो चरणको बैशाख २७ गते गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्‍त्री केपी शर्मा ओलीको सिफारिसको आधारमा प्रतिनिधिसभा विघटन गर्दै पुसको ५ गते मध्यावधि निर्वाचन घोषणा गरेकी हुन्।

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण ढङ्गले सम्पन्‍न गराउन प्रहरीले ध्यान केन्द्रित भएको हो। म्यादी प्रहरी भर्ना सङ्ख्यासम्बन्धी खाका पनि प्रहरी प्रधान कार्यालयले तयार गरिसकेको छ। एक लाखको सङ्ख्यामा निर्वाचन प्रयोजनार्थ म्यादी प्रहरी भर्ना गर्ने जनाइएको छ।

“२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भन्दा केही तलमाथि हुन सक्छ, हामीले खाका तयार गरिसकेका छौं र अहिले सबै सार्वजनिक गर्न मिल्दैन,” प्रहरी प्रवक्ता कुँवरले बताए।

यससम्बन्धी प्रहरीले आवश्यक बजेटका लागि अर्थ मन्‍त्रालयसँग समन्वय गर्दै आएको छ। निर्वाचन आयोगसँग पनि समन्वय गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीले २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ९८ हजार दुई सय ६८ जना म्यादी प्रहरीको भर्ना लिएको थियो। सामान्य लेखपढ गर्न सक्ने १८ वर्षदेखि ५४ वर्ष उमेर समूहकालाई म्यादी प्रहरीमा भर्ना गरेको थियो।

म्यादी प्रहरीका अतिरिक्त करिब ६५ हजार जना प्रहरीलाई निर्वाचनमा खटाउने तयारी प्रहरी प्रधान कार्यालयको छ।
मतदानस्थलको संवेदनशीलताका आधारमा उनीहरू खटिनेछन्।

त्यसअघिको निर्वाचनमा जस्तै सुरक्षाको दृष्टिले सामान्य, संवेदनशील र अति संवेदनशील मतदानस्थल निर्धारण गरिने भएको छ। त्यसका लागि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले तयारी थालेका छन्।

"> निर्वाचन केन्द्रित सुरक्षा रणनीति र कार्ययोजना बनाउँदै प्रहरी: Dekhapadhi
निर्वाचन केन्द्रित सुरक्षा रणनीति र कार्ययोजना बनाउँदै प्रहरी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्