हेटौंडा। वागमती प्रदेशसभाको सातौं अधिवेशन बैठक माघ १९ गते सोमबार दिनको २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।
प्रदेशसभाको सातौं बैठक अधिवेशनको गत माघ ७ गते र गत माघ ९ गते बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित गरिएको थियो।
प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी एक सय १० जना सदस्य छन्।
रासस
" /> हेटौंडा। वागमती प्रदेशसभाको सातौं अधिवेशन बैठक माघ १९ गते सोमबार दिनको २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

">