काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यसमिति बैठक नबोलाएको जानकारी दिएको छ।
पार्टीले पार्टीको विधान, अभ्यास, प्रचलन र निर्वाचन आयोगको पछिल्लो निर्णयसमेतका आधारमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्रै बैठक बोलाउन सक्ने स्पष्ट गरेको छ।
नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले सोमबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएपछि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले आज प्रेस नोट जारी गरी हाल महासचिव विष्णुप्रसाद पौडेलबाट कुनै पनि बैठक नबोलाइएको स्पष्ट गरिएको छ। रासस
" /> काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यसमिति बैठक नबोलाएको जानकारी दिएको छ।पार्टीले पार्टीको विधान, अभ्यास, प्रचलन र निर्वाचन आयोगको पछिल्लो निर्णयसमेतका आधारमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्रै बैठक बोलाउन सक्ने स्पष्ट गरेको छ।

">