काठमाडौं। माघ १९, २०६१ सालको त्यो चिसो दिन। 

बिहानै गाइँगुइँ चलिसकेको थियो- राजाले शासन आफ्नो हातमा लिन्छन् अनि सबै नेतालाई थुन्छन् रे! 

बिहान ११ बजेतिर समाचार संकलनको क्रममा यो संवाददाता खुमलटारस्थित नेपाल राजकीय (तत्कालीन) विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) पुगेको थियो। 

“शासन राजा (ज्ञानेन्द्र शाह) ले लिइसके, अब के होला?” पत्रकार भएको हुँदा केही जानकारी पाइएला भन्‍ने आशमा नास्टका केही कर्मचारी मेरो नजिक आएर साउतिको स्वरमा सोध्दै थिए।

“मैले पनि त्यही सुनेँ,” अब के होला भन्‍ने जवाफ मसँग पनि थिएन। 

तत्कालीन राजा ज्ञानेन्द्रले बिहान १० बजे नेपाल टेलिभिजनमार्फत् जनताका नाममा सम्बोधन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार विघटन भएको र शासनसत्ता आफूले लिएको घोषणा गरेका थिए। 

घोषणालगत्तै फोन सेवा बन्द गरियो। नेता र नागरिक एकजुट होलान् र अप्ठेरोमा पार्लान् भन्‍ने आशंकामा राजाको निर्देशनमा मोबाइलसेवा पूर्णतः ठप्प पारियो। यो सेवा पुनर्वहाली हुन लामो समय कुर्नु पर्‍यो।  

नास्ट कर्मचारी साउतिमै व्यस्त थिए। काममा कसैको मन थिएन। घरि यता घरि उता गर्दै थिए। मलाई पनि धेरैबेर त्यहाँ बस्न मन लागेन। तुरुन्तै अफिस फर्कें (नेपाल सचारचारपत्र)। त्यतिबेला समाचार पत्रको अफिस सोल्टीमोडमा थियो। 

मिडिया हाउसमा पठाइएका सैनिकहरु व्यवहारमा सम्पादक भन्दा माथि थिए, किनकि सम्पादकलाई निर्देशन दिने उनीहरु नै हुन्थे। सम्पादक हरेक रिपोर्टरको कुर्सीमा पुगेर के लेख्दैछ भन्‍ने हेर्ने भ्याउँदैनथे, तर सेनाहरु हरेकको कुर्सीमा पुग्थे। शब्दशब्द हेर्थे। चित्त नबुझेको शब्द हटाउन निर्देशन दिन्थे, आशंका लागेका वाक्यको अर्थ सोध्थे। 

अफिस फर्केको केही समयमै समाचार कक्षभित्र तत्कालीन शाही नेपाली सेनाका जवान प्रवेश गरे। उनीहरु सैनिक पोशाकमा हतियारसहित समाचार कक्षमा छिरेका थिए। 

सबै मिडिया हाउसमा सेना तैनाथ भइसकेका थिए। उनीहरुले सम्पादकहरुलाई निर्देशन दिइरहेका थिए, ‘यस्तो गर्नोस्, यस्तो गर्न हुँदैन। सम्पादकीय यसरी र यस्ता विषयमा लेख्नोस्।’ 

अखबार छापिनुअघि उनीहरुलाई देखाउन पथ्र्यो। सेनाले अन्तिम स्वीकृति दिएपछि मात्र अखबार छापिन्थ्यो।

अखबारको निगरानी गर्न त्यस्ता सैनिक जवानलाई पठाइएको थियो, जसलाई माघ १९ भन्दा अघि वरिष्ठ पत्रकारहरुले नै पत्रकारिता सम्बन्धी सामान्य जानकारी (तालिम) दिएका थिए। यस्तो कार्यक्रम अहिले पनि जारी छ। सैनिक मुख्यालयले नै यस्तो कार्यक्रमको आयोजना गर्छ, खासगरी अधिकृत तहका सैनिक जवानहरुलाई तालिम दिने क्रममा।  

अधिकांश अखबारमा राजाको ‘कू’ कसरी कभर गर्ने भन्‍ने विषयले सकस पारेको देखिन्थ्यो। माघ १९ को सन्दर्भलाई कसरी समाचार बनाउने भन्‍ने नै अन्योल थियो। राजाको कदमलाई कसरी प्रस्तुत गर्ने भन्‍ने निर्णय सम्पादकले स्वतन्त्र भएर गर्न पाएका थिएनन्। तैपनि माघ २० गते सबै अखबार निस्के। प्रस्तुति र समाचारहरु आ-आफ्नै थियो। सबैले राजाको सम्बोधनलाई जस्ताको तस्तै प्रकाशन गरेका थिए। 

कान्तिपुर दैनिकले माघ २० गतेको अंकमा पहिलो पृष्ठमा राजाको कदमसम्बन्धी दुईवटा समाचार प्रकाशित गरेको थियो। एउटाको शीर्षक थियो ‘श्री ५ बाट देउवा सरकार विघटन, मन्त्रिपरिषद् मौसुफकै अध्यक्षतामा हुने’ र अर्को थियो ‘देशभर संकटकाल’। त्यतिबेला कान्तिपुरका सम्पादक थिए नारायण वाग्ले। प्रथम पृष्ठमा छापिएका दुवै समाचार राष्ट्रिय समाचार समिति (रासस) बाट साभार गरिएका थिए।

उक्त दिन कान्तिपुरको प्रथम पृष्ठको मुख्य समाचार बनेको राससले तयार पारेको सामग्रीको पहिलो हरफ (लिड)मा लेखिएको थियो- “श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट देशमा शान्ति सुरक्षाको पुनःस्थापना तथा प्रजातान्त्रिक व्यवस्था शीघ्र क्रियाशील तुल्याउने जनताको चाहना पूरा गर्न वर्तमान मन्त्रिपरिषद्को विघटन गरिबक्सेको छ।”

कान्तिपुरले उक्त दिन ‘चारुमतीको नयाँ योगदान’ शीर्षकमा सम्पादकीय प्रकाशन गरेको थियो। सम्पादकीय संस्कृतिविद् सत्यमोहन जोशीका बारेमा थियो। “खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं इच्छाशक्ति भएमा काम गर्न उमेरले रोक्दैन भन्‍ने उदाहरण चारुमती गीति नाटक निर्माण गरेर देखाएका छन्, संस्कृतविद् सत्यमोहन जोशीले,” सम्पादकीयको पहिलो हरफमा लेखिएको थियो।

नेपाल समचारपत्रले माघ २० गते पहिलो पृष्ठमा प्रकाशित ६ वटै सामग्री राजाको कदमसँग सम्बन्धित थिए। समाचारपत्रले पहिलो पृष्ठमा “राजाको कदम र जनताको अपेक्षा’ शीर्षकमा विशेष सम्पादीकय प्रकाशन गरेको थियो। समाचारपत्रको पहिलो पृष्ठमा ‘श्री ५ बाट देउवा सरकार विघटन, श्री ५ कै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने’, ‘शीर्ष नेताहरु नजरबन्दमा’, ‘संविधानका केही धारा निलम्बन’, ‘शाही घोषणाका प्रति कूटनीतिक नियोगमा’ र ‘भारतको गम्भीर चासो’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। त्यतिबेला नेपाल समाचारपत्रको प्रधान सम्पादक थिए पुष्करलाल श्रेष्ठ। उक्त पत्रिकाको प्रकाशक पनि उनै थिए। 

“शाही घोषणाले दिगो विकास, भ्रष्टाचार नियन्त्रण, आर्थिक र सामाजिक काम तथा विकास निर्माणजस्ता विविध पक्षलाई सम्बोधन गरेबाट सकारात्मक दिनहरुको संकेतहरु देखा परेकाले आधारभूत आवश्यकता पूर्तिका सवालमा नागरिकहरुले राहत पाउने अपेक्षा गर्न सकिन्छ,” समाचारपत्रले माघ २० गतेको आफ्नो विशेष सम्पादकीयमा लेखेको छ। समाचारपत्रको पहिलो पृष्ठमा छापिएका सबै समाचार समाचारपत्रकै संवाददाताहरुले लेखेको भए पनि कुनै पनि समाचारको ‘बाईलाइन’ मा पत्रकारको नाम उल्लेख गरिएको छैन। 

“परराष्ट्र मन्त्रालयमा भने शाही घोषणाको प्रति सोमबार बेलुका ८ः३० बजे नै उपलब्ध भएको थियो। परराष्ट्रका कर्मचारीहरुले मंगलबार बिहान कार्यालय गएर इन्टरनेट खोल्नासाथै शाही घोषणा पढ्ने अवसर पाएका थिए,” नेपाल समचारपत्रले समाचारमा उल्लेख गरेको छ। 

अन्‍नपूर्ण पोस्टले माघ २० गतेको अंकको पहिलो पृष्ठमा प्रकाशन गरेका सबै चारवटै समाचार राजाको कदमसँग सम्बन्धित थिए। अन्‍नपूर्णले ‘श्री ५ बाट शासनभार ग्रहण’, ‘सरकारी सेवा प्रभावकारी बनाइने’, ‘देशभर संकटकाल लागू’ र ‘शाही घोषणाको संघसंस्थाबाट स्वागत’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो। 

“श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट वर्तमान अन्योलग्रस्त अवस्थाप्रति चिन्ता प्रकट गरीबक्सी मंगलबार बक्सेको शाही घोषणाको विभिन्‍न संघसंस्थाले विज्ञप्ति जारी गरी स्वागत गरेका छन्,” अन्‍नपूर्ण पोस्टको समाचारमा उल्लेख गरिएको थियो। त्यतिखेर अन्‍नपूर्ण पोस्टका प्रबन्ध सम्पादक थिए श्री आचार्य।

माघ २० को अंकमा अन्‍नपूर्ण पोस्टले भित्री पृष्ठमा ‘शाही कदम’ शीर्षकमा सम्पादकीय प्रकाशन गरेको थियो। 

“आमनेपालीको लागि शान्ति, समुन्‍नति र प्रजातन्त्र प्राथमिक आवश्यकता हुन्। शान्ति र विकास अहिले मूल एजेन्डा बनेको छ। यस दिशामा शाही घोषणाले जुन विश्वास र भरोसा दिन खोजेको छ, त्यसको पूर्तिका लागि संरचनात्मक सुधारका कार्यक्रमहरु श्री ५ को अध्यक्षतामा गठन हुने मन्त्रिपरिषद्ले ल्याउने नै होला। जनताको इच्छा र राष्ट्रको आवश्यकता पूरा गर्ने घोषणासहित आएको वर्तमान शाही कदमबाट वाञ्छित उपलब्धि हासिल हनु गई नेपाल र नेपालीको कल्याण हुने प्रतीक्षा गरौं,” अन्‍नपूर्ण पोस्टले सम्पादकीयमा भनेको छ। 

राजधानी दैनिकले माघ २० को दिन पहिलो पृष्ठमा ५ वटा समाचार प्रकाशन गरेको थियो। सबै समाचार राजाको कदमसँग सम्बन्धित थिए। पहिलो पृष्ठमा ‘श्री ५ को जोखिमपूर्ण कदम’ शीर्षकमा राजधानीले विशेष सम्पादकीय प्रकाशन गरेको थियो। ‘श्री ५ बाट मन्त्रिपरिषद् विघटन, मौसुफकै अध्यक्षतामा नयाँ मन्त्रिपरिषद् गठन हुने’, ‘शीर्ष नेताहरु आफ्नै निवासमा नजरबन्द’, ‘अधिराज्यव्यापी संकटकालको घोषणा, सञ्चारमाध्यममा सेन्सरसिप’ र ‘सर्वसाधरण कतै दिक्क, कतै दंग’ शीर्षकमा राजधानीको पहिलो पृष्ठमा समाचार छापिएका थिए। त्यतिबेला राजधानी दैनिकका सम्पादक कपिल काफ्ले थिए। 

“दलका नेताबाट विविध कमजोरी देखाइए पनि मुलुक बहुदलीय प्रजातन्त्रबाट कदापि विमुख हुन सक्तैन। जनतालाई अझै विश्वास छ, भोलि उनीहरुले चाहेजस्तो सबल, परिष्कृत र सक्षम दलहरुको विकास हुनेछ। १४ वर्ष लामो आरोह-अवरोहयुक्त अनुभव सँगालेको दलबाट हिजोका गल्ती पुनः दोहोर्‍याइने छैन। राजा र संसदीय दलहरुको एकतामा नै प्रजातन्त्र पुनःस्थापना सम्भव छ,” राजधानीले विशेष सम्पादकीयमा लेखेको थियो।

राजधानीले माघ २० गते राजाको घोषणाले सञ्चारमाध्यममा सेन्सरसिप भएको विषयलाई पहिलो पृष्ठमा गम्भीरताका साथ उठाएको थियो। 

“संकटकालको घोषणासँगै छापा तथा प्रसारण माध्यममा सेन्सरसिप (प्रकाशनपूर्वको जाँच) सुरु भएको छ। संविधानको धारा १३ को (१) मा उल्लेखित ‘कुनै समाचार, लेख वा अन्य कुनै पाठ्यसामग्री प्रकाशित गर्नु पूर्व प्रतिबन्ध लगाइने छैन’ निलम्बन गरिएपछि सेन्सरसिप सुरु भएको हो,” राजधानीको समाचारमा लेखिएको छ। 

हिमालय टाइम्सले माघ २० गतेको अंकको पहिलो पृष्ठमा राजाको कदमसम्बन्धी सातवटा समाचार प्रकाशन गरेको थियो। प्रथम पृष्ठमा ‘श्री ५ को घोषणा र जनअपेक्षा’ शीर्षकमा विशेष सम्पादकीय प्रकाशन गरेको थियो।

‘श्री ५ बाट राजकीय सत्ताको प्रयोग, देउवा सरकार विघटन, मौसूफको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने’, ‘माओवादीलाई हतियार बुझाएर मूलप्रवाहमा समाहित हुन आह्वान’, ‘अधिकारज्यभर संकटकालीन आदेश जारी’, ‘हड्ताल निषेध’, ‘राजपरिषद् कृतज्ञता’ र ‘बानी परेपछि टेलिफोन अवरुद्ध हुँदा’ शीर्षकमा हिमालय टाइम्सको पहिलो पृष्ठमा समाचार थिए। 

“यस कठिन र चुनौतीपूर्ण अवस्थामा श्री ५ बाट मुलुकको समस्या समाधानार्थ एउटा महत्वपूर्ण निर्णय लिइबक्सेको छ। मौसुफको यो कदमपछि जनताले निकै अपेक्षा गरेका छन् र आशावादी छन्। यसपछि मुलुकमा समस्याले समाधानका दिशामा निश्चय पनि एउटा आकार ग्रहण गर्नुपर्दछ। मुलुकका समस्याले समाधानको आकार ग्रहण गरोस् र मौसुफको उक्त कदमको सार्थकता रहोस् भन्‍ने हाम्रो शुभेच्छा छ,” हिमालय टाइम्सले विशेष सम्पादकीयमा लेखेको थियो। 

हिमालय टाइम्सले राजाको घोषणापछि सञ्चार सेवाहरु अवरुद्ध हुँदा सर्वसाधारण ‘सञ्चारविहीन’ भएको जनाएको थियो। 

“शाही घोषणासँगै मुलुकका सम्पूर्ण विद्युतीय सञ्चार माध्यमले सोही विषयलाई मुख्य समाचार बनाएका थए। टेलिफोन र मोबाइल सेवासमेत बन्द रहेका थिए। बाहिरी सम्पर्कबाट वञ्चित राजधानीवासीले एकहोरो विद्युतीय सञ्चारमाध्यमको समाचार हेरेर दिन बिताएका थिए,” हिमालय टाइम्सको समाचारमा उल्लेख छ। 

माघ १९ का दिन सडकमा सवारीसाधनको चाप न्यून रहेको, सर्वसाधरण आफ्नो गन्तव्यमा पुग्‍न अन्य दिनभन्दा हतारिएको, सडकमा समूह बनाएर कुरा गरेका सर्वसाधारणलाई सुरक्षाकर्मीले घर जान आग्रह गरेको, विद्यालयहरु छिट्टै बन्द गरिएको, सर्वसाधारण राजाको कदमबारे खुलेर प्रतिक्रिया दिन डराएको र सर्वसाधारण दैनिक उपभोग्य सामग्रीको जोहो गर्नतिर लागेको कुराहरु हिमालय टाइम्सको समाचारमा समेटिएका थिए।

सरकारी मुखपत्र गोरखापत्रले माघ २० गतेको अंकमा राजाको कदमलाई समर्थन जनाउँदै विशेष सम्पादकीयसहित पाँचवटा सामग्री प्रकाशन गरेको थियो। पहिलो पृष्ठमा नै गोरखापत्रले ‘श्री ५ महाराजाधिराजमा सशक्ति कृतज्ञता’ शीर्षकमा एउटा विज्ञापन पनि प्रकाशित गरेको थियो।

‘श्री ५ महाराजाधिराजबाट मन्त्रिपरिषद् विघटन’, ‘राष्ट्रहितमा ऐतिहासिक कदम’, अधिराज्यभरि संकटकाल लागू’, शाही घोषणा संकट पार लगाउने सान्दर्भिक कदम’ र ‘हड्ताल गर्न निषेध’ शीर्षकमा गोरखापत्रले समाचार प्रकाशन गरेको थियो।

“नेपालीका आस्था केन्द्र श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट देश र देशवासीको हितका निम्ति उठाबस्केको साहसिक, ऐतिहासिक र बुद्धिमत्तापूर्ण कदमबाट नेपाली जनतामा आशा एवं उत्साहको सञ्चार भएको छ,” गोरखापत्रले आफ्नो विशेष सम्पादकीयमा लेखेको थियो।

अंग्रेजी दैनिक द काठमान्डू पोस्टले माघ २० गतेको अंकमा राजाका कदम सम्बन्धी तीनवटा समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको थियो। तीनवटै समाचार राससका रहेका थिए।

‘किङ डिस्मिसेस देउवा गभर्नमेन्ट’, ‘स्टेट इमर्जेन्सी डिक्लियर्ड’ र ‘सेक्रेटरिज मिट टु मेनटेन पिस’ शीर्षकमा काठमान्डू पोस्टले समाचार प्रकाशन गरेको थियो।

त्यतिबेला काठमान्डू पोस्टका सम्पादक प्रतीक प्रधान थिए। काठमान्डू पोस्टले माघ २० गते अंकमा ‘सिरियस रिथिंकिङ’ शीर्षकमा भुटानी शरणार्थीका सम्बन्धमा सम्पादकीय प्रकाशन गरेको थियो। 

दि हिमालयन टाइम्सले माघ २० गते राजाको कदम सम्बन्धी तीनवटा समचार पहिलो पृष्ठमा प्रकाशन गरेको थियो। ‘देउवा क्याबिनेट डिसमिस्ड, किङ टेक्स चार्ज’, ‘इमर्जेन्सी डिक्लियर्ड, राइट्स स्ट्यान्ड सस्पेन्डेड’ र ‘फायरिङ अफ गभर्नमेन्ट अनलाइक्ली टु अफेक्ट सार्क समिट’ शीर्षकमा दि हिमालयन टाइम्सले समाचार प्रकाशन गरेको थियो।

प्रकाशित समाचारमध्ये एउटा अन्तर्राष्ट्रिय समाचार संस्था एपीको समाचार रहेको थियो। त्यतिबेला दि हिमालयन टाइम्सका सम्पाद राम एन प्रधान थिए।

सरकारी मुखपत्र दि राइजिङ नेपालले पनि विशेष सम्पादकीयसहित चारवटा समाचार सामग्री माघ २० गतेको अंकको पहिलो पृष्ठमा प्रकाशित गरेको थियो।

‘हिज मेजेस्टी डिजल्भ्स देउवा गभर्नमेन्ट’, ‘हिस्टोरिक डिसिजन’, स्टेट अफ इमर्जेन्सी डिक्लियर्ड’ र ‘डिसिजन टु गिभ पिपुल फिलिङ अफ चेन्ज इन फिप्टिन डेज्’ शीर्षकमा दि राइजिङ नेपालले समाचार प्रकाशित गरेको थियो।

" /> काठमाडौं। माघ १९, २०६१ सालको त्यो चिसो दिन। 

"> त्यो माघ १९ : दैनिक अखबारलाई राजाको ‘कू’ कभर गर्नै सकस: Dekhapadhi
त्यो माघ १९ : दैनिक अखबारलाई राजाको ‘कू’ कभर गर्नै सकस <p style="text-align: justify;">काठमाडौं। माघ १९, २०६१ सालको त्यो चिसो दिन।&nbsp;</p> <p style="text-align: justify;">बिहानै गाइँगुइँ चलिसकेको थियो- राजाले शासन आफ्नो हातमा लिन्छन् अनि सबै नेतालाई थुन्छन् रे!&nbsp;</p> <p style="text-align: justify;">बिहान ११ बजेतिर समाचार संकलनको क्रममा यो संवाददाता खुमलटारस्थित नेपाल राजकीय (तत्कालीन) विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) पुगेको थियो।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;शासन राजा (ज्ञानेन्द्र शाह) ले लिइसके, अब के होला?&rdquo; पत्रकार भएको हुँदा केही जानकारी पाइएला भन्&zwj;ने आशमा नास्टका केही कर्मचारी मेरो नजिक आएर साउतिको स्वरमा सोध्दै थिए।</p> <p style="text-align: justify;">&ldquo;मैले पनि त्यही सुनेँ,&rdquo; अब के होला भन्&zwj;ने जवाफ मसँग पनि थिएन।&nbsp;</p> <p style="text-align: justify;">तत्कालीन राजा ज्ञानेन्द्रले बिहान १० बजे नेपाल टेलिभिजनमार्फत् जनताका नाममा सम्बोधन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार विघटन भएको र शासनसत्ता आफूले लिएको घोषणा गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">घोषणालगत्तै फोन सेवा बन्द गरियो। नेता र नागरिक एकजुट होलान् र अप्ठेरोमा पार्लान् भन्&zwj;ने आशंकामा राजाको निर्देशनमा मोबाइलसेवा पूर्णतः ठप्प पारियो। यो सेवा पुनर्वहाली हुन लामो समय कुर्नु पर्&zwj;यो। &nbsp;</p> <p style="text-align: justify;">नास्ट कर्मचारी साउतिमै व्यस्त थिए। काममा कसैको मन थिएन। घरि यता घरि उता गर्दै थिए। मलाई पनि धेरैबेर त्यहाँ बस्न मन लागेन। तुरुन्तै अफिस फर्कें (नेपाल सचारचारपत्र)। त्यतिबेला समाचार पत्रको अफिस सोल्टीमोडमा थियो।&nbsp;</p> <blockquote> <p style="text-align: justify;">मिडिया हाउसमा पठाइएका सैनिकहरु व्यवहारमा सम्पादक भन्दा माथि थिए, किनकि सम्पादकलाई निर्देशन दिने उनीहरु नै हुन्थे। सम्पादक हरेक रिपोर्टरको कुर्सीमा पुगेर के लेख्दैछ भन्&zwj;ने हेर्ने भ्याउँदैनथे, तर सेनाहरु हरेकको कुर्सीमा पुग्थे। शब्दशब्द हेर्थे। चित्त नबुझेको शब्द हटाउन निर्देशन दिन्थे, आशंका लागेका वाक्यको अर्थ सोध्थे।&nbsp;</p> </blockquote> <p style="text-align: justify;">अफिस फर्केको केही समयमै समाचार कक्षभित्र तत्कालीन शाही नेपाली सेनाका जवान प्रवेश गरे। उनीहरु सैनिक पोशाकमा हतियारसहित समाचार कक्षमा छिरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">सबै मिडिया हाउसमा सेना तैनाथ भइसकेका थिए। उनीहरुले सम्पादकहरुलाई निर्देशन दिइरहेका थिए, &lsquo;यस्तो गर्नोस्, यस्तो गर्न हुँदैन। सम्पादकीय यसरी र यस्ता विषयमा लेख्नोस्।&rsquo;&nbsp;</p> <p style="text-align: justify;">अखबार छापिनुअघि उनीहरुलाई देखाउन पथ्र्यो। सेनाले अन्तिम स्वीकृति दिएपछि मात्र अखबार छापिन्थ्यो।</p> <p style="text-align: justify;">अखबारको निगरानी गर्न त्यस्ता सैनिक जवानलाई पठाइएको थियो, जसलाई माघ १९ भन्दा अघि वरिष्ठ पत्रकारहरुले नै पत्रकारिता सम्बन्धी सामान्य जानकारी (तालिम) दिएका थिए। यस्तो कार्यक्रम अहिले पनि जारी छ। सैनिक मुख्यालयले नै यस्तो कार्यक्रमको आयोजना गर्छ, खासगरी अधिकृत तहका सैनिक जवानहरुलाई तालिम दिने क्रममा। &nbsp;</p> <p style="text-align: justify;">मिडिया हाउसमा पठाइएका सैनिकहरु व्यवहारमा सम्पादक भन्दा माथि थिए, किनकि सम्पादकलाई निर्देशन दिने उनीहरु नै हुन्थे। सम्पादक हरेक रिपोर्टरको कुर्सीमा पुगेर के लेख्दैछ भन्&zwj;ने हेर्ने भ्याउँदैनथे, तर सेनाहरु हरेकको कुर्सीमा पुग्थे। शब्दशब्द हेर्थे। चित्त नबुझेको शब्द हटाउन निर्देशन दिन्थे, आशंका लागेका वाक्यको अर्थ सोध्थे।&nbsp;</p> <p style="text-align: justify;">अधिकांश अखबारमा राजाको &lsquo;कू&rsquo; कसरी कभर गर्ने भन्&zwj;ने विषयले सकस पारेको देखिन्थ्यो। माघ १९ को सन्दर्भलाई कसरी समाचार बनाउने भन्&zwj;ने नै अन्योल थियो। राजाको कदमलाई कसरी प्रस्तुत गर्ने भन्&zwj;ने निर्णय सम्पादकले स्वतन्त्र भएर गर्न पाएका थिएनन्। तैपनि माघ २० गते सबै अखबार निस्के। प्रस्तुति र समाचारहरु आ-आफ्नै थियो। सबैले राजाको सम्बोधनलाई जस्ताको तस्तै प्रकाशन गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;"><strong>कान्तिपुर दैनिक</strong>ले माघ २० गतेको अंकमा पहिलो पृष्ठमा राजाको कदमसम्बन्धी दुईवटा समाचार प्रकाशित गरेको थियो। एउटाको शीर्षक थियो &lsquo;श्री ५ बाट देउवा सरकार विघटन, मन्त्रिपरिषद् मौसुफकै अध्यक्षतामा हुने&rsquo; र अर्को थियो &lsquo;देशभर संकटकाल&rsquo;। त्यतिबेला कान्तिपुरका सम्पादक थिए नारायण वाग्ले। प्रथम पृष्ठमा छापिएका दुवै समाचार राष्ट्रिय समाचार समिति (रासस) बाट साभार गरिएका थिए।</p> <p style="text-align: justify;">उक्त दिन कान्तिपुरको प्रथम पृष्ठको मुख्य समाचार बनेको राससले तयार पारेको सामग्रीको पहिलो हरफ (लिड)मा लेखिएको थियो- &ldquo;श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट देशमा शान्ति सुरक्षाको पुनःस्थापना तथा प्रजातान्त्रिक व्यवस्था शीघ्र क्रियाशील तुल्याउने जनताको चाहना पूरा गर्न वर्तमान मन्त्रिपरिषद्को विघटन गरिबक्सेको छ।&rdquo;</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2021-02-01/060542592Kantipur.jpg" /></p> <p style="text-align: justify;">कान्तिपुरले उक्त दिन &lsquo;चारुमतीको नयाँ योगदान&rsquo; शीर्षकमा सम्पादकीय प्रकाशन गरेको थियो। सम्पादकीय संस्कृतिविद् सत्यमोहन जोशीका बारेमा थियो। &ldquo;खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं इच्छाशक्ति भएमा काम गर्न उमेरले रोक्दैन भन्&zwj;ने उदाहरण चारुमती गीति नाटक निर्माण गरेर देखाएका छन्, संस्कृतविद् सत्यमोहन जोशीले,&rdquo; सम्पादकीयको पहिलो हरफमा लेखिएको थियो।</p> <p style="text-align: justify;"><strong>नेपाल समचारपत्र</strong>ले माघ २० गते पहिलो पृष्ठमा प्रकाशित ६ वटै सामग्री राजाको कदमसँग सम्बन्धित थिए। समाचारपत्रले पहिलो पृष्ठमा &ldquo;राजाको कदम र जनताको अपेक्षा&rsquo; शीर्षकमा विशेष सम्पादीकय प्रकाशन गरेको थियो। समाचारपत्रको पहिलो पृष्ठमा &lsquo;श्री ५ बाट देउवा सरकार विघटन, श्री ५ कै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने&rsquo;, &lsquo;शीर्ष नेताहरु नजरबन्दमा&rsquo;, &lsquo;संविधानका केही धारा निलम्बन&rsquo;, &lsquo;शाही घोषणाका प्रति कूटनीतिक नियोगमा&rsquo; र &lsquo;भारतको गम्भीर चासो&rsquo; शीर्षकमा समाचार प्रकाशित गरेको थियो। त्यतिबेला नेपाल समाचारपत्रको प्रधान सम्पादक थिए पुष्करलाल श्रेष्ठ। उक्त पत्रिकाको प्रकाशक पनि उनै थिए।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2021-02-01/060525816Samacharpatra.jpg" /></p> <p style="text-align: justify;">&ldquo;शाही घोषणाले दिगो विकास, भ्रष्टाचार नियन्त्रण, आर्थिक र सामाजिक काम तथा विकास निर्माणजस्ता विविध पक्षलाई सम्बोधन गरेबाट सकारात्मक दिनहरुको संकेतहरु देखा परेकाले आधारभूत आवश्यकता पूर्तिका सवालमा नागरिकहरुले राहत पाउने अपेक्षा गर्न सकिन्छ,&rdquo; समाचारपत्रले माघ २० गतेको आफ्नो विशेष सम्पादकीयमा लेखेको छ। समाचारपत्रको पहिलो पृष्ठमा छापिएका सबै समाचार समाचारपत्रकै संवाददाताहरुले लेखेको भए पनि कुनै पनि समाचारको &lsquo;बाईलाइन&rsquo; मा पत्रकारको नाम उल्लेख गरिएको छैन।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;परराष्ट्र मन्त्रालयमा भने शाही घोषणाको प्रति सोमबार बेलुका ८ः३० बजे नै उपलब्ध भएको थियो। परराष्ट्रका कर्मचारीहरुले मंगलबार बिहान कार्यालय गएर इन्टरनेट खोल्नासाथै शाही घोषणा पढ्ने अवसर पाएका थिए,&rdquo; नेपाल समचारपत्रले समाचारमा उल्लेख गरेको छ।&nbsp;</p> <p style="text-align: justify;"><strong>अन्&zwj;नपूर्ण पोस्ट</strong>ले माघ २० गतेको अंकको पहिलो पृष्ठमा प्रकाशन गरेका सबै चारवटै समाचार राजाको कदमसँग सम्बन्धित थिए। अन्&zwj;नपूर्णले &lsquo;श्री ५ बाट शासनभार ग्रहण&rsquo;, &lsquo;सरकारी सेवा प्रभावकारी बनाइने&rsquo;, &lsquo;देशभर संकटकाल लागू&rsquo; र &lsquo;शाही घोषणाको संघसंस्थाबाट स्वागत&rsquo; शीर्षकमा समाचार प्रकाशन गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट वर्तमान अन्योलग्रस्त अवस्थाप्रति चिन्ता प्रकट गरीबक्सी मंगलबार बक्सेको शाही घोषणाको विभिन्&zwj;न संघसंस्थाले विज्ञप्ति जारी गरी स्वागत गरेका छन्,&rdquo; अन्&zwj;नपूर्ण पोस्टको समाचारमा उल्लेख गरिएको थियो। त्यतिखेर अन्&zwj;नपूर्ण पोस्टका प्रबन्ध सम्पादक थिए श्री आचार्य।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2021-02-01/060308778Annapurna-Post.jpg" /></p> <p style="text-align: justify;">माघ २० को अंकमा अन्&zwj;नपूर्ण पोस्टले भित्री पृष्ठमा &lsquo;शाही कदम&rsquo; शीर्षकमा सम्पादकीय प्रकाशन गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;आमनेपालीको लागि शान्ति, समुन्&zwj;नति र प्रजातन्त्र प्राथमिक आवश्यकता हुन्। शान्ति र विकास अहिले मूल एजेन्डा बनेको छ। यस दिशामा शाही घोषणाले जुन विश्वास र भरोसा दिन खोजेको छ, त्यसको पूर्तिका लागि संरचनात्मक सुधारका कार्यक्रमहरु श्री ५ को अध्यक्षतामा गठन हुने मन्त्रिपरिषद्ले ल्याउने नै होला। जनताको इच्छा र राष्ट्रको आवश्यकता पूरा गर्ने घोषणासहित आएको वर्तमान शाही कदमबाट वाञ्छित उपलब्धि हासिल हनु गई नेपाल र नेपालीको कल्याण हुने प्रतीक्षा गरौं,&rdquo; अन्&zwj;नपूर्ण पोस्टले सम्पादकीयमा भनेको छ।&nbsp;</p> <p style="text-align: justify;"><strong>राजधानी दैनिक</strong>ले माघ २० को दिन पहिलो पृष्ठमा ५ वटा समाचार प्रकाशन गरेको थियो। सबै समाचार राजाको कदमसँग सम्बन्धित थिए। पहिलो पृष्ठमा &lsquo;श्री ५ को जोखिमपूर्ण कदम&rsquo; शीर्षकमा राजधानीले विशेष सम्पादकीय प्रकाशन गरेको थियो। &lsquo;श्री ५ बाट मन्त्रिपरिषद् विघटन, मौसुफकै अध्यक्षतामा नयाँ मन्त्रिपरिषद् गठन हुने&rsquo;, &lsquo;शीर्ष नेताहरु आफ्नै निवासमा नजरबन्द&rsquo;, &lsquo;अधिराज्यव्यापी संकटकालको घोषणा, सञ्चारमाध्यममा सेन्सरसिप&rsquo; र &lsquo;सर्वसाधरण कतै दिक्क, कतै दंग&rsquo; शीर्षकमा राजधानीको पहिलो पृष्ठमा समाचार छापिएका थिए। त्यतिबेला राजधानी दैनिकका सम्पादक कपिल काफ्ले थिए।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;दलका नेताबाट विविध कमजोरी देखाइए पनि मुलुक बहुदलीय प्रजातन्त्रबाट कदापि विमुख हुन सक्तैन। जनतालाई अझै विश्वास छ, भोलि उनीहरुले चाहेजस्तो सबल, परिष्कृत र सक्षम दलहरुको विकास हुनेछ। १४ वर्ष लामो आरोह-अवरोहयुक्त अनुभव सँगालेको दलबाट हिजोका गल्ती पुनः दोहोर्&zwj;याइने छैन। राजा र संसदीय दलहरुको एकतामा नै प्रजातन्त्र पुनःस्थापना सम्भव छ,&rdquo; राजधानीले विशेष सम्पादकीयमा लेखेको थियो।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2021-02-01/060333630Rajdhani Cover.jpg" /></p> <p style="text-align: justify;">राजधानीले माघ २० गते राजाको घोषणाले सञ्चारमाध्यममा सेन्सरसिप भएको विषयलाई पहिलो पृष्ठमा गम्भीरताका साथ उठाएको थियो।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;संकटकालको घोषणासँगै छापा तथा प्रसारण माध्यममा सेन्सरसिप (प्रकाशनपूर्वको जाँच) सुरु भएको छ। संविधानको धारा १३ को (१) मा उल्लेखित &lsquo;कुनै समाचार, लेख वा अन्य कुनै पाठ्यसामग्री प्रकाशित गर्नु पूर्व प्रतिबन्ध लगाइने छैन&rsquo; निलम्बन गरिएपछि सेन्सरसिप सुरु भएको हो,&rdquo; राजधानीको समाचारमा लेखिएको छ।&nbsp;</p> <p style="text-align: justify;"><strong>हिमालय टाइम्स</strong>ले माघ २० गतेको अंकको पहिलो पृष्ठमा राजाको कदमसम्बन्धी सातवटा समाचार प्रकाशन गरेको थियो। प्रथम पृष्ठमा &lsquo;श्री ५ को घोषणा र जनअपेक्षा&rsquo; शीर्षकमा विशेष सम्पादकीय प्रकाशन गरेको थियो।</p> <p style="text-align: justify;">&lsquo;श्री ५ बाट राजकीय सत्ताको प्रयोग, देउवा सरकार विघटन, मौसूफको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने&rsquo;, &lsquo;माओवादीलाई हतियार बुझाएर मूलप्रवाहमा समाहित हुन आह्वान&rsquo;, &lsquo;अधिकारज्यभर संकटकालीन आदेश जारी&rsquo;, &lsquo;हड्ताल निषेध&rsquo;, &lsquo;राजपरिषद् कृतज्ञता&rsquo; र &lsquo;बानी परेपछि टेलिफोन अवरुद्ध हुँदा&rsquo; शीर्षकमा हिमालय टाइम्सको पहिलो पृष्ठमा समाचार थिए।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2021-02-01/060346312Himalaya-Times.jpg" /></p> <p style="text-align: justify;">&ldquo;यस कठिन र चुनौतीपूर्ण अवस्थामा श्री ५ बाट मुलुकको समस्या समाधानार्थ एउटा महत्वपूर्ण निर्णय लिइबक्सेको छ। मौसुफको यो कदमपछि जनताले निकै अपेक्षा गरेका छन् र आशावादी छन्। यसपछि मुलुकमा समस्याले समाधानका दिशामा निश्चय पनि एउटा आकार ग्रहण गर्नुपर्दछ। मुलुकका समस्याले समाधानको आकार ग्रहण गरोस् र मौसुफको उक्त कदमको सार्थकता रहोस् भन्&zwj;ने हाम्रो शुभेच्छा छ,&rdquo; हिमालय टाइम्सले विशेष सम्पादकीयमा लेखेको थियो।&nbsp;</p> <p style="text-align: justify;">हिमालय टाइम्सले राजाको घोषणापछि सञ्चार सेवाहरु अवरुद्ध हुँदा सर्वसाधारण &lsquo;सञ्चारविहीन&rsquo; भएको जनाएको थियो।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;शाही घोषणासँगै मुलुकका सम्पूर्ण विद्युतीय सञ्चार माध्यमले सोही विषयलाई मुख्य समाचार बनाएका थए। टेलिफोन र मोबाइल सेवासमेत बन्द रहेका थिए। बाहिरी सम्पर्कबाट वञ्चित राजधानीवासीले एकहोरो विद्युतीय सञ्चारमाध्यमको समाचार हेरेर दिन बिताएका थिए,&rdquo; हिमालय टाइम्सको समाचारमा उल्लेख छ।&nbsp;</p> <p style="text-align: justify;">माघ १९ का दिन सडकमा सवारीसाधनको चाप न्यून रहेको, सर्वसाधरण आफ्नो गन्तव्यमा पुग्&zwj;न अन्य दिनभन्दा हतारिएको, सडकमा समूह बनाएर कुरा गरेका सर्वसाधारणलाई सुरक्षाकर्मीले घर जान आग्रह गरेको, विद्यालयहरु छिट्टै बन्द गरिएको, सर्वसाधारण राजाको कदमबारे खुलेर प्रतिक्रिया दिन डराएको र सर्वसाधारण दैनिक उपभोग्य सामग्रीको जोहो गर्नतिर लागेको कुराहरु हिमालय टाइम्सको समाचारमा समेटिएका थिए।</p> <p style="text-align: justify;">सरकारी मुखपत्र <strong>गोरखापत्र</strong>ले माघ २० गतेको अंकमा राजाको कदमलाई समर्थन जनाउँदै विशेष सम्पादकीयसहित पाँचवटा सामग्री प्रकाशन गरेको थियो। पहिलो पृष्ठमा नै गोरखापत्रले &lsquo;श्री ५ महाराजाधिराजमा सशक्ति कृतज्ञता&rsquo; शीर्षकमा एउटा विज्ञापन पनि प्रकाशित गरेको थियो।</p> <p style="text-align: justify;">&lsquo;श्री ५ महाराजाधिराजबाट मन्त्रिपरिषद् विघटन&rsquo;, &lsquo;राष्ट्रहितमा ऐतिहासिक कदम&rsquo;, अधिराज्यभरि संकटकाल लागू&rsquo;, शाही घोषणा संकट पार लगाउने सान्दर्भिक कदम&rsquo; र &lsquo;हड्ताल गर्न निषेध&rsquo; शीर्षकमा गोरखापत्रले समाचार प्रकाशन गरेको थियो।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2021-02-01/060357407Gorkhapatra.jpg" /></p> <p style="text-align: justify;">&ldquo;नेपालीका आस्था केन्द्र श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट देश र देशवासीको हितका निम्ति उठाबस्केको साहसिक, ऐतिहासिक र बुद्धिमत्तापूर्ण कदमबाट नेपाली जनतामा आशा एवं उत्साहको सञ्चार भएको छ,&rdquo; गोरखापत्रले आफ्नो विशेष सम्पादकीयमा लेखेको थियो।</p> <p style="text-align: justify;">अंग्रेजी दैनिक <strong>द काठमान्डू पोस्ट</strong>ले माघ २० गतेको अंकमा राजाका कदम सम्बन्धी तीनवटा समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको थियो। तीनवटै समाचार राससका रहेका थिए।</p> <p style="text-align: justify;">&lsquo;किङ डिस्मिसेस देउवा गभर्नमेन्ट&rsquo;, &lsquo;स्टेट इमर्जेन्सी डिक्लियर्ड&rsquo; र &lsquo;सेक्रेटरिज मिट टु मेनटेन पिस&rsquo; शीर्षकमा काठमान्डू पोस्टले समाचार प्रकाशन गरेको थियो।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2021-02-01/060423823The-Kathmandu-Post.jpg" /></p> <p style="text-align: justify;">त्यतिबेला काठमान्डू पोस्टका सम्पादक प्रतीक प्रधान थिए।&nbsp;काठमान्डू पोस्टले माघ २० गते अंकमा &lsquo;सिरियस रिथिंकिङ&rsquo; शीर्षकमा भुटानी शरणार्थीका सम्बन्धमा सम्पादकीय प्रकाशन गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;"><strong>दि हिमालयन टाइम्स</strong>ले माघ २० गते राजाको कदम सम्बन्धी तीनवटा समचार पहिलो पृष्ठमा प्रकाशन गरेको थियो। &lsquo;देउवा क्याबिनेट डिसमिस्ड, किङ टेक्स चार्ज&rsquo;, &lsquo;इमर्जेन्सी डिक्लियर्ड, राइट्स स्ट्यान्ड सस्पेन्डेड&rsquo; र &lsquo;फायरिङ अफ गभर्नमेन्ट अनलाइक्ली टु अफेक्ट सार्क समिट&rsquo; शीर्षकमा दि हिमालयन टाइम्सले समाचार प्रकाशन गरेको थियो।</p> <p style="text-align: justify;">प्रकाशित समाचारमध्ये एउटा अन्तर्राष्ट्रिय समाचार संस्था एपीको समाचार रहेको थियो। त्यतिबेला दि हिमालयन टाइम्सका सम्पाद राम एन प्रधान थिए।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2021-02-01/060444908The-Himalayan-Times.jpg" /></p> <p style="text-align: justify;">सरकारी मुखपत्र<strong> दि राइजिङ नेपाल</strong>ले पनि विशेष सम्पादकीयसहित चारवटा समाचार सामग्री माघ २० गतेको अंकको पहिलो पृष्ठमा प्रकाशित गरेको थियो।</p> <p style="text-align: justify;">&lsquo;हिज मेजेस्टी डिजल्भ्स देउवा गभर्नमेन्ट&rsquo;, &lsquo;हिस्टोरिक डिसिजन&rsquo;, स्टेट अफ इमर्जेन्सी डिक्लियर्ड&rsquo; र &lsquo;डिसिजन टु गिभ पिपुल फिलिङ अफ चेन्ज इन फिप्टिन डेज्&rsquo; शीर्षकमा दि राइजिङ नेपालले समाचार प्रकाशित गरेको थियो।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2021-02-01/060500671The-Rising-Nepal.jpg" /></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्