काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा साथ दिन मधेसी जनतासमक्ष आग्रह गरेका छन्।
“म मधेसको विकासमा साथ दिन्छु। मलाई निर्वाचनमा साथ दिनुहोस्,” सिरहामा आयोजित सहिद हेमनारायण यादव स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओली भने।
उनले थप भने, ‘‘मेरो विषयमा अनेक हल्ला फैलाएर मधेसमा प्रतिकूल अवस्था सिर्जना गर्ने कृत्रिम प्रयास भए। तर अब मधेसका जनताले कुरा बुझ्नुभएको छ। त्यही भएर विकास र समृद्धिको लागि जागरण आएको छ। यो जागरणलाई निरन्तर अगाडि बढाउनुपर्छ। म तपाईंहरूको साथमा छु।"
मन्तव्य राख्दा राजनीतिक परिवर्तनमा मधेसी जनताको योगदान, मधेसको विकास र समृद्धिमा मात्रै कन्द्रित भएका प्रधानमन्त्री ओलीले २००७ सालदेखिको ठूला आन्दोलनमा निरन्तर सरिक भएको मधेसका जनता समृद्धिको अभियानमा लगेकोप्रति सलाम गर्न चाहेको बताए।
“मधेसमा शान्ति र विकाससँगै समाजिक जागरण ल्याउने योजना छ। जात धर्म, भूगोलको आधार गरिने विभेद् अन्त्य गर्ने अभियानमा छु। मधेस, पहाड र हिमाल सबै हामी नेपाली हौं। एउटै हावा, एउटै पानी खाइरहेका छौं। बोक्सी भन्ने भ्रम छोड्नुपर्छ। अब समानता र आत्मसम्मानको लागि काम गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने।
अब मान्छे मार्ने ‘आदमखोर’ आन्दोलन गर्न नपर्ने उनले बताए। ‘‘अब यस्तो आन्दोलन चल्दैन। शान्ति र विकासको लागि निर्वाचनमा सहभागी भएर देशद्रोही र विकास विरोधीलाई परास्त गर्न सहयोग गर्नुहोस्,” प्रधानमन्त्रीको ओलीले भने।
तराई मधेसमा राजमार्ग चौडा भइरहेको, खेलमैदान, भवन, कृषि बजार निर्माण गरिरहेको, ढल व्यवस्था गरिएको उनले सुनाए। सिँचाइ, खानेपानी, विद्यालय र अस्पताल निर्माणका काम उल्लेख्य भएको उनले दाबी गरे।
‘‘राजमार्गमा सदरमुकाम जाने बाटो चार लेनको बनिरहेको छ। सहरी बाटो र भवनहरू बनाइरहेका छौ। खेल मैदान, भवन, कृषि बजार निर्माण गरिरहेका छौं,’’ प्रधानमन्त्री ओलीले भने, “तराईको सहरमा फोहोर नहोस् भनेर ढल व्यवस्था गरेका छौं। विकास, सिँचाइ खानेपानी, विद्यालय र अस्पताल निर्माणका काम भएका छन्। नभएको ठाउँमा बनाइनेछ।”
" /> काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा साथ दिन मधेसी जनतासमक्ष आग्रह गरेका छन्।“म मधेसको विकासमा साथ दिन्छु। मलाई निर्वाचनमा साथ दिनुहोस्,” सिरहामा आयोजित सहिद हेमनारायण यादव स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओली भने।

">