काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको योजनासहित तराई मधेसमा पार्टीको गतिविधि अगाडि बढाएका छन्।
मधेस विरोधी नेता भनेर प्रचार गरेर प्रतिकुल अवस्था सिर्जना गरिएको भएपनि प्रधानमन्त्री ओलीले मधेसमा विकास योजना र कार्यक्रम लगेर पार्टी कार्यक्रमलाई स्थापित गर्ने प्रयास गरेका हुन् ।
२०६३ सालको मधेस आन्दोलन र त्यसपछि संविधान निर्माण प्रक्रियामा दिएको अभिव्यक्तिका कारण विवादित बनेका प्रधानमन्त्री ओलीले मधेसको विकास र समृद्धिसँग जोडिएका योजना र कार्यक्रमका सूचीसहित मधेसका कार्यक्रम सहभागिता जनाएर आफू मधेस विरोधी नभएको सन्देश दिन खोजेका छन् ।
मधेस आन्दोलनमा विद्यावारिधि गरेका डा.विजय मिश्र विकासका योजना र कार्यक्रमका कारण मधेसमा प्रधामन्त्री ओलीप्रतिको धारणामा परिवर्तन आएको बताउँछन् । धेरै वर्षसम्म अस्तव्यस्त भएको तराइ मधेसका सदरमुकाम सफा बन्दैछन्।
सदरमुकाम जोड्ने सडक फराकिलो र कालोपत्रे हुँदैछ। बन्द जस्तै भएको हुलाकी राजमार्ग सञ्चालन हुन थालेको छ। स्मार्ट सिटी बनाउने कार्यक्रम छन्। मधेसको समृद्धिसँग जोडिएका विकास कार्यक्रमले प्रधानमन्त्री ओलीलाई मधेसी जनताको साथ बढेर गएको डा.मिश्रले बताए।
प्रधानमन्त्री ओलीले पुुुस १७ गते चितवनमा ६ लेनको सडक, दुई हजार क्षमताको सभाहल, सिग्नेचर पुल र अयोध्यपुरी निर्माण गर्ने योजनाको शिलान्यास गरेका थिए।
पुस १९ गते धनुषाको ढल्केबरमा स्थापना गरिएको विद्युत प्राधिकरणको सबस्टेशनको प्रधानमन्त्री ओलीले उद्घाटन गरे। त्यस अवसरमा बोल्दै मधेसको विकास र समृद्धिको लागि अझै ठूला योजनाहरू निर्माण गर्ने उद्घोषसमेत गरे।
पुस १९ गते सिरहामा आयोजित सहिद हेमनारायण यादव स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले भने– ‘‘मेरो विषयमा अनेक हल्ला फैलाएर मधेसमा प्रतिकूल अवस्था सिर्जना गर्ने कृत्रिम प्रयास भए। तर अब मधेसका जनताले कुरा बुझ्नु भएको छ। त्यही भएर विकास र समृद्धिका लागि जागरण आएको छ। यो जागरणलाई निरन्तर अगाडि बढाउनु पर्छ । म तपाईंहको साथमा छु।’’
मन्तव्य राख्दा राजनीतिक परिवर्तनमा मधेसी जनताको योगदान, मधेसको विकास र समृद्धिमा मात्रै केन्द्रित भएका प्रधानमन्त्री ओलीले भने– ‘‘२००७ सालदेखिका ठूला आन्दोलनमा निरन्तर सरिक भएका मधेसका जनताले समृद्धिको अभियानमा साथ दिनु भएको छ। म सलाम गर्छु ।’’
“तराई मधेसमा राजमार्ग चौडा भइरहेको छ । जिल्ला सदरमुकाम जोड्ने सडक चारलेन र छ लेनको बनेको छ । खेलमैदान, सभाहल, कृषि बजार निर्माण गरिरहेका छौं । तराईका शहरमा फोहोर नहोस भनेर ढल व्यवस्था गरेका छौं । विकास, सिंचाई खानेपानी, विद्यालय र अस्पताल निर्माणका काम भएका छन्”, प्रधानमन्त्री ओलीले भने ।
“तराई मधेस अन्न भण्डार हो । सुनकोशी मरिन डाइभर्सन बनाएर सिंचाइ आयोजना सञ्चालन गरेर उत्पादन बढाउने योजना छ। हुलाकी राजमार्गको निर्माण पूरा गर्नें, निजगढ अन्तर्राष्टिय विमानस्थल बनाउने, काठमाडौं–निजगढ फास्टट्रयाक बनाउने कार्य गरिरहेका छौं। फलाम खानी सञ्चालन गर्ने र कृषि मल कारखाना सुरुआत गर्ने योजना रहेको छ”, प्रधानमन्त्री ओलीले विकासका योजना सुनाउँदै भने ।
मधेसमा उद्योग निर्माण गरेर रोजगारी सिर्जना गर्ने, पालिकास्तरमा औद्योेगिक ग्राम बनाउने, पुराना विद्यालय भवन निर्माण गर्नेलगायतका विषयमा पनि प्रधानमन्त्री ओलीले जोड दिएका थिए।
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा साथ दिन मधेसी जनतालाई आग्रह गरेका छन्।
“अब मान्छे मार्ने ‘आदमखोर’ आन्दोलन गर्न पर्दैन । यस्तो आन्दोलन चल्दैन । शान्ति र विकासको लागि निर्वाचनमा सहभागी भएर देशद्रोही र विकास विरोधीलाई परास्त गर्न सहयोग गर्नुहोस”, प्रधानमन्त्रीको ओलीले भने ।
“म मधेसको विकासमा साथ दिन्छु, मलाई निर्वाचनमा साथ दिनुहोस्”, ओलीले भने, ‘‘वैशाख १७ गते तराइमा निर्वाचन हुनेछ । तयारीमा लाग्नुहोस । विकास विरोधीलाई यस चुनावबाट बिदा गर्नुपर्छ । विकास निर्माणको कामलाई अगाडि लैजानुपर्छ ।’’