काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान कायम हुनासाथ प्रतिनिधि सभा स्वतः सुचारू हुने बताएका छन्। त्यसकै लागि हाल संघर्षको गरिरहेको उनले बताए।
“संविधानलाई हत्या गर्ने र जनताको परिवर्तनलाई उल्ट्याउन चाहने कुनै पनि कदमलाई नेपाली जनताले परास्त गर्नेछ,” उनले आज फेसबुक लाइभमार्फत् भने, “जनताले प्रष्टसँग परास्त गर्ने भनेपछि संविधान स्वतः कायम हुन्छ र संविधान कायम हुनासाथ प्रतिनिधि सभा स्वतः सुचारु हुने कुरा स्पष्ट छ।”
प्रवक्ता श्रेष्ठले जनताको संघर्षमार्फत् हजारौं हजार शहीदहरूको बलिदानको मूल्यमा, हजारौं बेपत्ताहरूको मूल्यमा र लाखौं नेपाली जनताले शान्तिपूर्ण गरेको योगदाहरूको परिणामस्वरूप प्राप्त परिवर्तनसँगै त्यसलाई संस्थागत गरेको संविधान र नयाँ ढाँचाको लोकतन्त्रलाई हर हालतमा रक्षा गर्ने कुरा पुष्टि गरिने बताए। यसलाई गुम्न नदिन र खोस्न नदिन नै संघर्ष गरिएको उनले बताए।
" /> काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान कायम हुनासाथ प्रतिनिधि सभा स्वतः सुचारू हुने बताएका छन्। त्यसकै लागि हाल संघर्षको गरिरहेको उनले बताए।“संविधानलाई हत्या गर्ने र जनताको परिवर्तनलाई उल्ट्याउन चाहने कुनै पनि कदमलाई नेपाली जनताले परास्त गर्नेछ,” उनले आज फेसबुक लाइभमार्फत् भने, “जनताले प्रष्टसँग परास्त गर्ने भनेपछि संविधान स्वतः कायम हुन्छ र संविधान कायम हुनासाथ प्रतिनिधि सभा स्वतः सुचारु हुने कुरा स्पष्ट छ।”

">