काठमाडाैं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले मरिसकेको संस्था फर्केर नआउने तर्क गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै उनले संस्था मरेपछि मात्रै महत्त्व बढ्ने बताए।
"बाउ मरिसकेका छन्। तर, फर्केर आउँछन् कि भन्ने आश हुन्छ। आश गर्न पाइन्छ, फर्केर बाउ आउँदैनन्," वरिष्ठ अधिवक्ता पन्तले विघटित संसद्लाई इङ्गित गर्दै फर्केर नआउने दाबी गरे।
मरिसकेको संस्थाका सदस्यले निवेदन दिएको भरमा फर्केर नआउने उनको तर्क थियो। "प्रधानमन्त्रीलाई काम गर्न नदिएर अप्ठ्यारो पारेको भन्दा बढी कारण के चाहियो श्रीमान्!," उनले भने।
अधिवक्ता पन्तले संविधानको धारा ७६ र १०० सँग जोडेर हेर्नुपर्ने तर्क गरेका छन्। उनले हिजो (मंगलबार)देखि बहस थालेका हुन्।
" /> काठमाडाैं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले मरिसकेको संस्था फर्केर नआउने तर्क गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै उनले संस्था मरेपछि मात्रै महत्त्व बढ्ने बताए।"बाउ मरिसकेका छन्। तर, फर्केर आउँछन् कि भन्ने आश हुन्छ। आश गर्न पाइन्छ, फर्केर बाउ आउँदैनन्," वरिष्ठ अधिवक्ता पन्तले विघटित संसद्लाई इङ्गित गर्दै फर्केर नआउने दाबी गरे।

">