काठमाडाैं। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि हुने आमहड्ताललाई बाध्यात्मक भएको जनाएको छ।
सरकारले विभिन्न संवैधानिक आयोगमा नियुक्ति गरेर पद तथा गोपनीयताको शपथ ग्रहण गराएको भन्दै प्रचण्ड समूहले माघ २२ गते देशव्यापी आमहड्तालको आयोजना गर्नुपरेको प्रस्ट पारेको छ।
समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै आमहडताल शान्तिपूर्ण रुपमा आयोजना हुने जानकारी दिए।
"संसद् विघटन गरेको सरकारले धमाधम धमाधम राजनीतिक नियुक्ति गरेर प्रतिगमनलाई थप वृद्धि गरेको छ, त्यसको विरोधमा आमहडतालको आयोजना गरिएको हो," श्रेष्ठले भने, "तर, आमहडताल बाध्यात्मक कदमको रुपमा लिएका छौं, यो शान्तिपूर्ण रुपमा सम्पन्न हुनेछ।"
" /> काठमाडाैं। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि हुने आमहड्ताललाई बाध्यात्मक भएको जनाएको छ।सरकारले विभिन्न संवैधानिक आयोगमा नियुक्ति गरेर पद तथा गोपनीयताको शपथ ग्रहण गराएको भन्दै प्रचण्ड समूहले माघ २२ गते देशव्यापी आमहड्तालको आयोजना गर्नुपरेको प्रस्ट पारेको छ।

">