जनताले नेपाल बन्द होइन, निर्वाचन चाहेका छन्ः प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले जनतलाई दःख दिने नियतले नेपाल बन्दको आव्हान गरेको बताएका छन्।

नेपाल भूमिहिन सुकुम्वासी संगठन केन्द्रीय कमिटिद्वारा आज राजधानीमा आयोजित राष्ट्रिय भेला तथा बैठकलाई सम्बोधन गर्दै उनले जनतालाई दुःख दिन कसैले पनि नपाउने बताए।

“नेपाल बन्द रे, जनताले के बिगारेका थिए?,” प्रधानमन्त्री ओलले भने, “नेपाल बन्द गर्नु भनेको जनतालाई दुःख दिनु हो। जनतालाई किन दुःख दिन पर्यो?”

नेकपा प्रचण्ड समूहले आज दिउसो पत्रकार सम्मेलन गरी भोली (बिहीबार) देशव्यापी आमहड्ताल गर्ने घोषणा गरेको थियो। त्यसको जवाफ दिंदै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने नियतले बन्दको आव्हान गरिएको बताएका हुन्।

“बन्द भनेपछि हिडडुल गर्न पाइएन, केही किन्न जान पाइएन, पढ्न जान पाइएन। जनताले बन्द चाहेका छैनन्। जनताले निर्वाचन चाहेका छन्,” प्रधानमन्त्री ओलीले भने।

आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जनताले नेकपालाई जिताउने दाबी उनले गरे।

“बहुमत दिने कस्ले हो? जनताले दिने हो। जनताले दिए किन आउँदैन बहुमत? जनताले हामीलाई भोट नदिएर कस्लाई दिने?,” उनले भने।

निर्वाचनमा मत दिने वातावरण बनाउन उनले नेता कार्यकर्तालाई आफ्नो घरपरिवार, छिमेकीलाई सम्झाउन आग्रह गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्