काठमाडौं। आगामी बैशाख १७ र २७ गतेका लागि घोषित प्रतिनिधिसभाको मध्यावधी निर्वाचनका लागि पर्यवेक्षण व्यवस्थापन लगायतका विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बुधबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग आयोगमा छलफल गरेका छन्।
निर्वाचन आयोग ऐनअनुसार निर्वाचनसँग सम्बन्धित काम कारवाहीको पर्यवेक्षण गर्नका लागि स्वदेशी वा विदेशी व्यक्ति तथा संस्थालाई अनुमति दिन सक्ने व्यवस्था छ। ऐनले गरेको त्यही व्यवस्था अनुरुप निर्वाचनको पर्यवेक्षण गर्न कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरुलाई अनुरोध गर्ने तथा आवश्यक समन्वय गर्ने सम्बन्धमा परराष्ट्र मन्त्री ज्ञवालीसँग प्रमूख आयुक्त थपलिया र अन्य आयुक्तहरुले छलफल गरेका थिए।
मन्त्री ज्ञवालीले निर्वाचन पर्यवेक्षणमा अन्तर्राष्ट्रिय संघ संस्थाका पर्यवेक्षकहरुसँग सम्पर्क अधिकृतको रुपमा खटिने परराष्ट्र सेवाका कर्मचारी परराष्ट्र मन्त्रालयबाट तोक्नुपर्ने व्यवस्थाअनुरुप आवश्यक समन्वय र सहयोग हुने बताएको आयोगले जनाएको छ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि आयोगबाट भइरहेका कामहरुको बारेमा मन्त्री ज्ञवालीलाई जानकारी गराउँदै निर्धारित मितिमै स्वच्छ, निश्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउन आयोग प्रतिवद्व रहेको बताए। त्यसका लागि अन्तर्राष्ट्रिय मान्यता समेत आवश्यक रहेकोले सो सम्बन्धी उपयुक्त वातावरण तयार गर्न परराष्ट्र मन्त्रालयसँग सहयोग, समन्वय हुनुपर्नेमा प्रमूख आयुक्त थपलियाले जोड दिएका थिए।