निर्वाचनको लागि आयोगले माग्यो झण्डै ७ अर्ब ८ करोड
काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेको छ।

आयोगको हिजो बसेको बैठकले उक्त रकम माग गर्ने निर्णय गरेको थियो। सोही अनुसार आज आयोगले एक पत्र पठाई अर्थ मन्त्रालयसँग रकम माग गरको जनाएको छ।

“निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ निकासाको लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २७ र २८ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयमा लेखि पठाउने भनी आयोगबाट माघ २० मा निर्णय भएको हुँदा सो अनुसार अर्थ मन्त्रालयमा पत्राचार भएको छ,” आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

कोभिड-१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा विगतका निर्वाचनमा भन्दा मितव्ययी हुनेगरी आवश्यक स्वास्थ्य सतर्कता समेतलाई ध्यान दिई निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको आयोगले जनाएको छ।

“नेपाल सरकारका अर्थमन्त्रीसँग बजेट व्यवस्थापन लगायतका विषयमा आयोगमा भएको छलफललाई समेत आधार लिई निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी आवश्यक न्यूनतम कार्यहरूको लागि मात्र बजेट माग गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ।

विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

“नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्ने गरी बजेटमा समावेश गरिएको छैन,” आयोगले बताएको छ।

कोभिड-१९ को महामारीका कारण त्यससँग सम्बन्धित सुरक्षा सतर्कताका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ माग गरिएको छ।

निर्वाचनको काममा आयोगका ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा न्यूनतम संख्यामा कमचारी खटाउने व्यवस्था गरिएको आयोगले बताएको छ।

“निर्वाचनसँग सम्बन्धित तालिमहरू अनलाइनको माध्यमबाट समेत गर्ने गरी व्यवस्थापन गरिएकोले आसन्न निर्वाचन थप मितव्ययी हुने गरी आयोगले कार्य गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्