नवनियुक्त आयुक्तद्वय भण्डारी र तुलाधरको पदबहाली
काठमाडौं। नवनियुक्त निर्वाचन आयुक्तद्वय रामप्रसाद भण्डारी र डा जानकीकुमारी तुलाधरले कान्तिपथस्थित निर्वाचन आयोगमा पद बहाली गरेका छन्।

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट निर्वाचन आयुक्तको पदमा आजै नियुक्त भएका उनीहरुले सपथग्रहणपछि पद बहाली गरेका हुन्।

नियुक्तिपछि उनीहरूलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सपथग्रहण गराएका थिए। प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा नवनियुक्त आयुक्तद्वयलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना दिए।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले आयोगमा सहमतिका आधारमा निर्णय हुने गरेको र समयको दबाब तथा विद्यमान अवस्थाका बारेमा नवनियुक्त आयुक्तलाई जानकारी गराएका थिए।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्