काठमाडौं। सरकारले संसदीय सुनुवाइबिना नै संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएकोप्रति विवेकशील साझा पार्टीले गम्भीर आपत्ति जनाएको छ।
“संसद् विघटन गरी मुलुकलाई ठूलो अस्थिरतातर्फ धकेलेको केपी ओली नेतृत्वको सरकारले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गरेको उक्त नियुक्ति संविधानमाथिको फेरि अर्को घातक प्रहार हो”, साझा पार्टीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।
श्रृंखलाबद्ध रूपमा असंवैधानिक कदमहरू चाल्दै सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत रहेको आरोप साझाले लगाएको छ।
“सरकारको अर्को असंवैधानिक कदमलाई राष्ट्रपतिले फेरि पनि सहजै सदर गरिदिनु दुर्भाग्यपूर्ण छ। त्यसैगरी ती नियुक्ति असंवैधानिक रहेको जिकिरसहित सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन रहेकै अवस्थामा आफै उपस्थित भई शपथ ग्रहण गराउने कार्यले प्रधानन्यायाधीशमाथि पनि नैतिक प्रश्न खडा भएको छ,” साझाले भनेको छ।
साझा पार्टीले तत्काल संवैधानिक सर्वोच्चता र विधिको शासन पुनर्बहाली हुने विश्वस्त समेत व्यक्त गरेको छ।
सरकारको प्रतिकार गर्ने नाममा नागरिकलाई दुःख दिने र अर्थतन्त्रमा आघात पुग्ने बन्द, आमहड्ताल जस्ता कार्य नगर्न सबै पक्षलाई साझाले आग्रह गरेको छ।
साझाले भनेको छ, “एउटा कुकर्मको सुधार अर्को कुकर्मबाट हुन सक्दैन।”