काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षधरले माघ २३ गते काठमाडौंमा गर्न लागेको आमसभाप्रति आपत्ति प्रकट गरेका छन् ।
संवैधानिक नियुक्तिको बिरोधमा आज गरिएको आमहड्तालको अनुगमन गर्न प्राडो चढेर सडकमा निस्केका प्रचण्डले ओली समूहले भोलि गर्न लागेको आमसभाप्रति कोटेश्वर पुगेर आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा प्रदर्शनको आयोजना गरेर ‘दिउँसै रात पार्न खोजेको’ जनाएका प्रचण्डले सो सभालाई पञ्च र्यालीको संज्ञा पनि दिएका छन् ।
‘‘यस्तो बेलामा सरकार आफैंले जुलुस निकाल्ने भनेको त हिजो पञ्चायतकालका बेलामा पञ्च र्याली निकालेको जस्तै हो’’ कोटेश्वर पुगेका प्रचण्डले भने, ‘पञ्चायतकालमा पनि ठूला ठूला र्याली निस्कन्थे– ठूल्ठूला लाख, डेढ लाख, दुई लाखका ¥यालीहरु हुन्थे, निभ्ने बेलाको पञ्च र्याली थिए ती ।’’
संविधान आफैंले मिचेको तर फेरि पनि प्रदर्शन गरेको भन्दै प्रचण्डले अर्को आपत्ति पनि जनाए ।
‘‘सत्तामा बसेर आफैं संविधान मिच्ने अनि आफैं पञ्च¥याली निकाल्ने ? यो त प्रतिगमनको पनि भद्दा रूप देखियो’’, प्रचण्डको थप आक्रोश थियो ।
ओली समूहले माघ २३ गते काठमाडौंमा विशाल जनसभा आयोजना गर्ने घोषणा गरेको अघिल्लो दिन प्रचण्ड समूहले आमहड्तालको घोषणा गरेको थियो ।
प्रचण्ड समूहले आयोजना गरेको आमहड्ताललाई ओली पक्षधरको आमसभालाई अवरोध गर्ने र बिथोल्ने उदेश्य रहेको भन्दै आलोचना गरिएको थियो ।
" /> काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षधरले माघ २३ गते काठमाडौंमा गर्न लागेको आमसभाप्रति आपत्ति प्रकट गरेका छन् ।संवैधानिक नियुक्तिको बिरोधमा आज गरिएको आमहड्तालको अनुगमन गर्न प्राडो चढेर सडकमा निस्केका प्रचण्डले ओली समूहले भोलि गर्न लागेको आमसभाप्रति कोटेश्वर पुगेर आपत्ति जनाएका हुन् ।

">">