कुनै बेला बन्द हड्ताल गर्न हुँदैन भन्दै सामाजिक सञ्जालमा वकालत गर्ने नेताहरू नै आजको आम हड्ताललाई प्रवर्द्धन तथा हिंसात्मक गतिविधिको रक्षाका लागि अग्रपंक्तिमा उभिएका छन्।
आफ्नै दलभित्रको किचलोका कारण उत्पन्न परिस्थितिमा ‘संविधानवाद’ को रक्षाका लागि भन्दै आन्दोलनमा उत्रिँदा आम जनताको संविधानप्रदत्त अधिकार खोस्न नेकपाको एउटा समूह अहिले सक्रिय भएर लागेको छ।
कानुनकै रक्षार्थ भन्दै निर्वाध रुपमा व्यावसाय गर्न पाउने, बाटो तथा राजमार्गमा अवरोध गर्न नपाइने लगायतका कानुन मिच्ने कुराको वकालत अहिले सबभन्दा बढि नेकपाका युवा नेताहरूले गर्दै आएका छन्।
नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले २०७१ साल माघ ४ गते ट्वीट गर्दै लेखेका थिए- “लोकतान्त्रिक परिपाटीमा बन्द हड्तालले जनमत हैन त्रास मात्र बढाउने छ। त्यो पनि क्षणिक। अन्त्यमा हातमा लाग्यो फगत सत्यान्यास।”
अध्यक्ष प्रचण्डबाट ‘ननभेज’ आन्दोलनको निर्देशन पाएपछि अचेल उनको भूमिका यो ट्वीट भन्दा फरक देखिएको छ। नेकपाको संघर्ष समितिका सहसंयोजक भट्टराई अहिले आमहड्तालका पक्षमा उभिएका छन्। नेकपाले आयोजना गरेको आजको आम हड्तालमा कतै नदेखिए पनि उनले आमहड्ताल रोक्न कुनै सार्वजनिक पहल गरेनन् ।
तत्कालीन नेकपा एमाले र एनेकपा माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेकपामा केन्द्रीय सदस्य भएका विष्णु रिजालले खुलेरै आम हड्तालको पक्षमा वकालत गरेका छन्। नेकपाको प्रचण्ड समूहभित्र जवाफदेही नेताको छवि भएका रिजालले पनि आम हड्तालको प्रवर्द्धन र आज भएका हिंसात्मक घटनाको पक्षमा आक्रामक रुपमा उभिएर त्यो छविमाथि आफैले प्रहार गरेका छन्।
रिजालले २०७४ जेठ १७ गते ट्वीट गर्दै लेखेका थिए-“संसदमा संघर्ष गरौं, चितवनमा विशाल आमसभा गरौं। तर बन्द हड्ताल गरेर आफैंलाई मत दिने जनतालाई दुःख नदिऔं।”
तीन वर्षअघिसम्म बन्द हड्तालले जनतालाई दुःख पुग्ने चेत भएका नेता रिजालको जवाफदेहितामाथिको व्याख्या अहिले फेरिएको छ। आफ्नै भनाई खण्डन गर्दै आम हड्तालको पक्षमा खुलेआम वकालत गर्दै हिँडेका रिजालले हिजो ट्वीट गरे, “भोलिको बन्द हाम्रो रहर होइन, बाध्यता हो। एकदिन कष्ट उठाएर भए पनि संकटमा परेको संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशिताको पक्षमा आवाज बुलन्द गरौं। प्रतिगमनविरूद्ध खडा होउँ।”