काठमाडौं। ‘संविधानको रक्षाका लागि’ भन्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आमहडतालले अन्ततः संविधानको नै धज्जी उडाएको छ ।
स्वतन्त्रपूर्वक हिँडडुल गर्ने, शिक्षा प्राप्त गर्ने र व्यवसाय गर्नेजस्ता दर्जनौं मौलिक हक अधिकारको हनन गरेर प्रचण्ड समूहले संविधानको धज्जी उडाएका हुन् ।
अधिवक्ता केदार कोइरालाले प्रचण्ड समूहले आमहडतालको घोषणा गरेर संविधानप्रदत्त जनताको हक खोस्ने काम गरेको जनाएका छन् ।
‘‘संविधानप्रदत्त मौलिक हक खोस्ने काम यो आमहडतालले गरेको छ, यसले जनताको बाँच्न पाउनु पर्ने, रोजगारी गर्ने, व्यवसाय गर्ने हक, स्वास्थ्य उपचारको हक खोसेको छ,’’ अधिवक्ता कोइरालाले भने, '‘यसरी संविधानको रक्षा हुन सक्दैन, संविधानको उल्लंघन भएको भए कानुनी उपचार खोज्न अदालत जानु पर्छ, यो गैरकानुनी प्रक्रियावाट संविधानको रक्षा र व्याख्या गर्न सक्दैन ।’'
संविधानका लागि सडकमा गएर हडतालसम्म गर्दा संविधान प्रदत्त मौलिक हकहरु हनन भएकाले संविधानको उल्टै उल्लङघन भएको अधिवक्ता कोइरालाको टिप्पणी छ ।
नेपालको संविधानको धारा १७ को स्वतन्त्रताको हक अन्तर्गत उपधारा २ को ङ र चमा उल्लेख भएका लगायत अधिकांश मौलिक हक अधिकार प्रचण्ड समूहको आमहडतालले धज्जी उडाएको देखिएको हो ।
ङमा ‘नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसाय स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता’ हुनेछ भन्ने उल्लेख गरिएको छ ।
प्रचण्ड समूहले आमहडतालका कारण यातायात अवरुद्ध भएका छन् भने उद्योग बन्द छन् भने व्यवसाय सञ्चालनमा आउन सकेका छैनन् मात्रै होइनन्, सञ्चालन गरिएका व्यपार व्यवसायमाथि भौतिक आक्रमण पनि भएका छन् ।
आज बिहानै प्रचण्ड नेतृत्वको आमहडतालकर्ताले कुम्भनारायण श्रेष्ठको प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी काठमाडौं, सामाखुसीमा एकाबिहानै जलाई दिएर व्यवसाय गर्ने अधिकार खोसिदिएका छन् भने व्यापार व्यवसाय गर्ने अधिकारमाथि धावा बोल्दै पसल बन्द गर्न गएका प्रचण्ड समूहका केन्द्रीय सदस्य रामचन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिनु परेको थियो ।
आमहडतालमा पसल खोलेको र व्यावसाय गरेको भन्दै अवरोध गर्दै झाको नेतृत्वमा हिँडेका बन्दकर्ताले जनकपुरमा ना १ क ५१२ नम्बरको प्रहरी भ्यान तोडफोड गर्ने देखि ज १ च १५७० नम्बरको मालसामान ढुवानी गर्ने सवारी साधान तोडफोड गरेका थिए । प्रहरी हवाई फायर गरेर अवस्थालाई नियन्त्रणमा लिनु परेको थियो ।
विराटनगर–२ मा चिया नास्ता पसल खोलेको भन्दै प्रचण्ड समूहका अर्का केन्द्रीय सदस्य शिवकुमार मण्डल नेतृत्वमा रहेका बन्दकर्ताले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया वसन्ती सहनी र उनकी सुत्केरी छोरी २२ वर्षीया वविता सहनीलाई तातो तेल खन्याइदिएका छन् ।
बाटोमा हिँडिरहेका बटुवालाई ठाउँठाउँमा अवरोध गरेपछि जनस्तरबाट प्रतिकार भएका दृश्य प्रशस्तै देखिएका छन् । ‘म एउटा नागरिक हँु, मेरो निर्धक्क हिसाबले हिँड्न पाउने मेरो अधिकार हो, मलाई कसैलाई रोक्न छेक्न पाउनु हुन्न’ भन्दै प्रतिवाद गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।
प्रचण्ड नेतृत्वको आमहडतालका कारण संविधानले दिएको ‘सञ्चारको हक’ को पनि उल्लंघन गरेका घटना देखिएका छन् । संविधानको धारा १९ को (३) मा उल्लेख भएको ‘कुनै छापा विद्युतीय प्रसारण तथा टेलिफोनलगायत सञ्चार साधानलाई अवरुद्ध गरिने छैन्’ भन्ने भए पनि पुल्चोकमा माउन्टेन टेलिभिजनका पत्रकार दिवाकर साह माथि अभद्र व्यवहार गरिएको छ ।
‘काम गर्न पाउने सर्वसाधरणको नैसर्गिक अधिकार कुण्ठित गरी कुनै पनि प्रकारको बन्द हडताल जुलुससभा नगर्न दलहरुलाई अनुरोध गर्दछु’ उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अपिलसमेत गरेका छन् ।