काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पूर्वनिर्धारित नारा नभएकाले रोक्न खोजेको बताएका छन् ।
संवैधानिक आयोगहरुको नियुक्तिको बिरोधमा गरेको आमहडतालका क्रममा पुल्चोकमा एमसीसीको बिरोधमा नारा लगाएपछि रोकेका प्रचण्डले भोलिपल्ट पत्रकार सम्मेलनमा स्पष्टीकरण दिएका हुन् ।
‘‘प्रधानमन्त्री ओलीद्धारा संवैधानिक परिषद्मा भएको ज्यादतीपूर्ण नियुक्तिको विषयमा आन्दोलन थियो, यो बेलामा १० थरीका नारा लगाउनु भन्दा जे कार्यक्रम हो, त्यससम्बन्धी नारा लगाउन भनिएको हो’’ प्रचण्डले भने, ‘‘एउटा विषयमा प्रतिवाद गर्न बोलाइएको छ, अर्काे १० थरी नारा लगाउँदा उपलब्धि हुँदैन भनेर संघर्ष समितिले तय गरेको नारा लगाउन भनिएको हो ।’’
अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमार्फत गरिएका नियुक्तिको बिरोध कार्यक्रममा एमसीसीको बिरोधमा नारा लगाएपछि घुसपैठकको आशंकासमेत व्यक्त गरेका छन् ।
‘‘संघर्ष समितिले तय गरेको एउटा नारा छ तर अर्को नारा लगाइयो, अनि रोक्न खोजेको हुँ’’ प्रचण्डले भने, ‘‘खासमा अहिले हामी गुण्डागर्दी शैलीमा भएको नियुक्तिको विरोधमा हो, यो बेला पचास थरी नारा नलगाउनुस भनेको हो ।’’
दाहाल उपस्थित रहेको बखतमा हडतालकर्ताले एमसीसी मुर्दावाद भन्ने नारा लगाएपछि उनले रोक्न खोजेको भिडियो भाईरल भएको थियो ।
हडतालकर्ताले पुनः ‘एमसीसी मुर्दावाद’ भन्ने नारा दोहोर्याएपछि सँगै रहेकी नेतृ पम्फा भुसालमार्फत सो नारा नलगाउन निर्देशन दिएपछि रोकिन पुगेको थियो ।
‘अचानक बीचमा फ्याट्ट एमसीसी आयो, यो कसरी बीचमा घुस्यो भन्ने हो, यसको मतलब म एमसीसीको पक्षमा अथवा पुनर्विचार गरेको भन्ने होइन, मैले अमेरिकी राजदूतलाई पनि हामी पुनरावलोकनको पक्षमा छौं भनेको छु’ दाहालले स्पष्टीकरण दिँदै भने ।