काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अस्थिरता र अवसरवादको विरुद्ध देश एकजुट भएको बताएका छन्।
राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षाका लागि जनसभाको आयोजना गरिएको जनाउँदै गृहमन्त्री थापाले अवसरवादी र फुटवादीलाई पराजित गराउनका लागि निर्वाचन आवश्यक भएको बताएका छन्।
‘‘राष्ट्रिय स्वाधीनताको रक्षा, संविधान र गणतन्त्रको रक्षाका लागि जनता आन्दोलित भएका छन्, आजको लाखौं उपस्थितिले तेस्रो जनआन्दोलन सुरू भएको छ,’’ गृहमन्त्री थापाले भने, ‘‘यो जनताको आन्दोलनलाई निर्वाचनमार्फत सम्बोधन गर्नुपर्नेछ।’’ उनका अनुसार आगामी निर्वाचनमा अवसरवादी र फुटपरस्तलाई पराजय गर्नका लागिसमेत निर्वाचन आवश्यक छ।
राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षजस्ता राजनीतिक सत्ता र नेतृत्वलाई अपदस्थ गर्न खोजेपछि आजको असाधारण परिस्थिति उत्पन्न भएको गृहमन्त्री थापाको भनाइ छ। ‘‘राजनीतिक सत्ताको प्रश्न भनेको राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्षसँग जोडिएको हुन्छ, यो असाधारण उत्पन्नका पछाडि नेतृत्वलाई अपदस्थ गर्ने, विस्थापित गर्ने षड्यन्त्रसँग जोडिएको छ,’’ थापाले भने, ‘‘बहुमतद्वारा निर्वाचित प्रधानमन्त्रीलाई विस्थापित गर्ने, अपदस्थ गर्न खोजिएपछि ताजा जनादेशका लागि जाने निर्णय लिनुपरेको हो।’’ त्यस्तो प्रवृत्तिलाई परास्त गर्नका लागि जनता स्वयं आन्दोलित हुनुपर्ने गृहमन्त्री थापाको भनाइ छ।
पार्टीभित्रका अवसरवादीहरूले फुट र भ्रम सिर्जना गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले वामपन्थी शक्तिहरूलाई पुनः धु्रवीकरण गर्ने अभियान सुरु हुनेसमेत जनाएका छन्। ‘‘जनतामा गएर नयाँ ध्रुवीकरण गर्नेछौं, वामपन्थी आन्दोलनलाई नयाँ ढंगको पुनर्गठन गर्नेछौं,’’ थापाले जनसभामा भने, ‘‘यो अवसरवादका शुद्धीकरण अभियान पनि हो, अब जनतामा गएर मात्रै शुद्धीकरण अभियान पूरा गर्न सकिन्छ।’’
थापाले निर्वाचनलाई आन्दोलनको रूपमा पनि बुझ्न पनि आग्रह गरेका छन्। ‘‘यो निर्वाचन एउटा आन्दोलन हो, यो ऐतिहासिक आन्दोलनले देशको रक्षा गर्नेछ, निर्वाचनमार्फत् स्थायित्व दिइनेछ,’’ थापाले भने, ‘‘यो ऐतिहासिक आमसभामार्फत् आगमी निर्वाचनमा अग्रगामी शक्तिहरूलाई विजयी बनाउनेछौं र पुनः नेतृत्वको जिम्मा नेकपालाई जिम्मा दिनेछौं।’’