काठमाडौं। उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले ताजा जनादेशका लागि घोषणा गरिएको निर्वाचनलाई सफल बनाउन लागिएको बताएका छन्।
निर्वाचन घोषणालाई ऐतिहासिक भन्दै उनले सम्पूर्ण कुराहरूको फैसला निर्वाचनले गर्ने बताए।
त्यही भएर निर्वाचनलाई सफल बनाउनेतर्फ लागिएको पार्टीले दरबारमार्गमा आज आयोजना गरेको जनसभामा उनले धारणा राखे।
लामो समयदेखिको राजनीतिक अस्थिरताबाट मुलुकलाई स्थायित्व दिँदै आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने र अराजकतालाई अन्त्य गर्न सरकारले चाहँदा पार्टीभित्रकै प्रचण्ड समूहबाट अवरोध भएकोले निर्वाचनमा जानुपरेको उनले प्रस्ट पारेका छन्।
यस्तै उनले कम्युनिस्ट पार्टीहरूको एकता राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धिको बाटो खुलाउन र जनताले बनाएको संविधानको रक्षा गर्दै राष्ट्रियता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्न गरिएको बताए।
तर, यी चाहनाहरू संकटमा परेको भन्दै उनले चिन्ता व्यक्त गरे।
प्रधानमन्त्रीले हिजो जनतासँग जे संकल्प लिएका थिए त्यो पुरा नहुँदासम्म आफुहरू पछि नहट्ने उनको भनाइ छ। “प्रधानमन्त्रीले हिजो जनतासँग जे संकल्प लिनुभएको थियो। उहाँहरूले त्यो पूरा गर्न दिनुभएन। पाँच वर्षका लागि प्रधानमन्त्री बनाइएकोमा त्यो अगावै धक्का दिन खोज्नुभयो,” पोखरेलले भने।
प्रचण्ड समूहले जसरी कमजोर बनाउन खोजे पनि आफूहरूले त्यस्तो हुन नदिने उनको भनाइ छ।
जस्तासुकै प्रतिकूलता आएपछि अराजकतासँग जुधेर मुलुकको स्थायीत्वको लागि लागिरहने उनले बताए।
प्रधानमन्त्रीले आर्थिक र समृद्धिको जुन सपना देखेका छन्, त्यो पूरा गरेरमात्र छाड्ने उनको भनाइ छ।